रोहित वस्नेत
चैत्र ३० पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ । नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान सहित भित्तेपात्रो सार्वजनिक गरेको छ । समाजले बिगत १६, १७ वर्षदेखि नियमित रूपमा अर्घाखाँचीका पर्यटकीय स्थल अंकित स्थानलाई महत्व दिएर भित्तपात्रो प्रकाशित गर्दै आएको छ ।

नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षि अन्बेषणरोग प्रयोगशालाका प्रमुख डा. किरण पाण्डेले बार्षिक रुपमा बिमोचन गरिने भित्तेपात्रो नभएर यो एउटा वार्षिक प्रतिबेदन नै भएको यसले गर्दा पोखरा र अर्घाखाँचीलाई जोड्ने एउटा सेतुको काम गर्ने बताउनु भयो ।
बिशिष्ठ अतिथि पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य टिका राम सुवेदीले अर्घाखाँची घर भई पोखरालाइ कर्मथलोको रुपमा प्रयोग गर्दै आएका अर्घाखाँचीबासिको यो समाजले पोखरामा विभिन्न समाजिक उत्तरदायित्य बहन गर्दै आएको हुँदा यो समाज पोखरामा उत्कृष्ट भएको बताउनु भयो ।
समाजका पूर्व सल्लाहकार राम प्रसाद खनाल, सल्लाहकार कृष्ण प्रसाद पाण्डे, सल्लाहकार गुणानिधि पाण्डे, सल्लाहकार ज्ञानहरि आचार्य तथा समाजका निवर्तमान अध्यक्ष चेतनारायण पाण्डेले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अर्घाखाँची घर भई पोखरामा कर्मचारीका रुपमा आउनुभएका किरण भण्डारीलाई कार्यक्रममा समाजले स्वागत गरेको छ । काठामाडौं बाट पोखरा हुदै अर्घाखाँची फर्किने बेलामा समाजले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दा गर्दै अचानक उपस्थित हुनभएका अर्घाखाँचीका बरिष्ठ पत्रकार सूर्य भुसालले पोखरामा रहेका अर्घाखाँची बासिले आफ्नो जिल्ला प्रति औधि माया देखाउँदै गरेका सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको थियो ।
समाजका बरिष्ठ उपाध्यक्ष राम प्रसाद पौडेलले अतिथि तथा जिल्लाबासिहरुलाइ कार्यक्रममा स्वागत गर्नुभएको थियो । भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक कृष्ण प्रसाद पाण्डे (स्टार) ले सम्पूर्णलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष दधिराम खनालले अर्घाखाँची घर भई पोखरामा वासोबास गर्दै आउनु भएका जिल्लाबासिहरुको सधै पिरमर्का आफ्नो सम्झीदै समाजले गरेका विभिन्न सामाजिक उत्तरदायित्तव बहन गर्ने कार्यक्रममा उत्कृष्ट सहभागी जनाउनु भएका अतिथि तथा समाजमा सम्पूर्ण पदाधिकारी सल्लाहकार लगायत आजिवन सदस्यहरुलाई नयाँ बर्ष २०८२ले शुभअवसरमा सवैको मनोआकांक्षा पुरा होस भनि शुभकामना दिनु भएको छ । अध्यक्ष दधिराम खनालले एक जिल्लावासीको पीडामा अर्कोले साथ दिनु निकै पूण्य मिल्ने कार्य भएको भन्दै अर्घाखाँची बासि पोखरामा कोहि समाजबाट छुट्नु भएको छ भनि समाजमा जोडिन आग्रह समेत गर्नु भएको थियो ।
अर्घाखाँची पोखरा सम्पर्क समाजका सल्लाहकार लिल वहादुर जी.सि.को ममतामयी माता कृष्ण कुमारी जि.सी.को असामयिक निधनको खबरले समाजलाई मर्माहत बनाएको यस दुःखद् घडीमा स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली सहित एक मिनेट मौनधारण गरिएको थियो ।

समाजका महासचिव इन्द्र कुवँरले कार्यक्रम संचालन गर्नुभएको थियो ।








