२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

तालवाराही माध्यमिक विद्यालयमा ‘’निजी श्रोतका” ८ शिक्षक र कर्मचारी हटे

रोहित बस्नेत : भाद्र २५ पोखरा : करिब ५ सय विद्यार्थी अध्ययनरत तालवाराही माध्यमिक विद्यालय बैदाममा शिक्षक तथा कर्मचारीको व्यवस्थापन अहिले बहसको विषय बनेको छ । विद्यालयमा ३१ जना स्थायी नियुक्ति भएका २९ जना शिक्षक र २ जना कर्मचारी छन् । तर यही विद्यालयमा तत्कालीन विद्यालय व्यवस्थापन समितिले निजी श्रोतबाट थप १६ जना शिक्षक तथा कर्मचारी राखेको देखिन्छ ।

निजी श्रोतबाट राखिएका १६ जनामध्ये ११ जना पूर्ण समयका शिक्षक तथा कर्मचारी थिए भने ५ जना एक–दुई पिरियड मात्र पढाउन आउने गरेको बताइएको छ । त्यसमध्ये पनि जनालाई एउटै पुस्तकालय व्यवस्थापनका लागि नियुक्त गरिएको देखिनु आफैंमा प्रश्न उठाउने विषय बनेको छ ।

विद्यालयमा स्थायी दरबन्दीका शिक्षक तथा कर्मचारी हुँदाहुँदै निजी श्रोतमा थप जनशक्ति राखिएको विषयमा प्रश्न उठिरहेकै बेला अहिले नयाँ विद्यालय व्यवस्थापन समितिले आर्थिक श्रोतको अभाव देखाउँदै पहिलो चरणमा जना शिक्षक जना कर्मचारीलाई हटाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिएका छन् । 

विडम्बना त के छ भने, शिक्षक आवश्यक भएर निजी श्रोतबाट नियुक्त गरियो कि निजी श्रोत आवश्यक भएर शिक्षक नियुक्त गरियो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने अवस्था देखिएको छ ।

सरकारले केही महिनाअघि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पदमुक्त गर्दै अभिभावकमध्येबाट अध्यक्ष नियुक्त गर्ने व्यवस्था गरेको थियो । नयाँ व्यवस्था आएपछि विद्यालयमा अभिभावकको प्रतिनिधित्व त फेरियो, तर पुरानो निर्णयको भारी भने नयाँ समितिको काँधमा आइपुगेको छ ।

करिब ५ सय विद्यार्थी भएको विद्यालयमा ३१ जना स्थायी शिक्षक तथा कर्मचारी हुँदाहुँदै थप १६ जना निजी श्रोतमा राखिनु र अहिले आर्थिक अभाव भन्दै शिक्षक तथा कर्मचारी हटाइनुले विद्यालय व्यवस्थापनको विगत र वर्तमान दुवैलाई ऐना देखाएको छ ।

शिक्षक हटे, खर्च घट्यो होला तर प्रश्न भने घटेन ?
विद्यालयमा आवश्यकताले शिक्षक नियुक्त भएका थिए कि निर्णयले आवश्यकता सिर्जना गरेको थियो ?

अझ रोचक कुरा त, एउटै पुस्तकालय व्यवस्थापनका लागि तीन जना जनशक्ति नियुक्त भएको विषयले पनि विद्यालयको ‘व्यवस्थापन’ कस्तो थियो भन्ने प्रश्न उठाएको छ ।

विद्यार्थीको भविष्य बनाउने विद्यालयमा शिक्षक व्यवस्थापन नै यति अन्योलपूर्ण भएपछि अभिभावकको मनमा स्वाभाविक प्रश्न उठ्छ ।
विद्यालयमा पढाइको व्यवस्थापन हुँदै थियो कि पदको व्यवस्थापन ?

अब नयाँ विद्यालय व्यवस्थापन समितिले निजी श्रोतका शिक्षक तथा कर्मचारी हटाउने निर्णयसँगै विगतमा भएका नियुक्ति, त्यसको आवश्यकता, आर्थिक दायित्व र निर्णय प्रक्रियाबारे पनि अभिभावकलाई स्पष्ट जानकारी दिनुपर्ने देखिन्छ ।

किनकि विद्यालय कसैको व्यक्तिगत थलो होइन, सयौँ विद्यार्थीको भविष्यसँग जोडिएको सार्वजनिक संस्था हो

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।