२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

विपद् प्रभावित नागरिकलाई अर्घाखाँची पोखरा युवा समूहको सहयोग

रोहित बस्नेत
भाद्र २३, पोखरा ।
विनाशकारी बाढीका कारण भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ तथा आसपासका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भई नागरिकहरू प्रभावित बनेको दुःखद परिस्थितिप्रति अर्घाखाँची पोखरा युवा समूहले गम्भीर ध्यानाकर्षण जनाएको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग गर्ने उद्देश्यले समूहका साथीहरूबाट रकम संकलन गरी रु. २५,००१/- (अक्षरेपी पच्चीस हजार एक रुपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहले जनाएको छ।

समूहका संयोजक नारायण पाण्डेले विपद्को पीडामा परेका नागरिकको दुःखमा साथ दिनु सबैको साझा मानवीय दायित्व भएको बताउँदै अर्घाखाँची पोखरा युवा समूह परिवार विपद्को समयमा पीडित नागरिकको साथमा रहेको बताए।

उनले समूहले संकलन गरेको सहयोग रकम प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि पठाइएको र उक्त रकम प्रभावित नागरिकहरूको आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी, उचित तथा प्रभावकारी रूपमा सदुपयोग हुने विश्वास व्यक्त गरे।

“विपद्को पीडा कुनै एक व्यक्ति वा परिवारको मात्र पीडा होइन, यो सम्पूर्ण समाजको साझा पीडा हो। यस्तो कठिन समयमा सानो सहयोगले पनि पीडित परिवारमा आशा र भरोसा जगाउन सक्छ,” संयोजक पाण्डेले भने।

अर्घाखाँची पोखरा युवा समूहले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र मानवीय गतिविधिमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

विपद्का बेला सहयोगको हात अगाडि बढाउनु नै मानवताको परिचय भएको उल्लेख गर्दै समूहले सबैलाई आ–आफ्नो क्षमताअनुसार प्रभावित नागरिकको सहयोगमा जुट्नसमेत आग्रह गरेको छ  ।

अर्घाखाँची पोखरा युवा समूह परिवारले अर्घाखाँची जिल्लाबाट रसुवामा कामको सिलसिला, घुमफिर लगायत विभिन्न कामका लागि पुगेका केही मानिसहरू अझै सम्पर्कविहीन रहेको स्मरण गर्दै उनीहरूको खोजी, उद्धार तथा प्रभावित नागरिकका लागि राहतमा कुनै कमी हुन नदिन सरकारसँग आग्रह गरेको छन्।

“यो विपद् केवल पानीको भेल होइन, यसले मानिसका सपना, परिवारका खुसी र जीवनभरको कमाइ बगाएको छ। यस्तो पीडाको गहिराइ शब्दले बयान गर्न सकिँदैन। विपद् शंख बजाएर आउँदैन, तर यसपटकको विनाशले संसारमै विरलै देखिने मानवीय पीडाको एउटा भयावह अध्याय बनाएको छ।” युवाहरूले भनेका छन्।

अर्घाखाँचीबाट रसुवा पुगेका आफ्ना नागरिकहरू हराइरहेको खबरले आफूहरूलाई थप पीडित बनाएको उल्लेख गर्दै समूहले उद्धारको आशामा बसेका परिवारको आशा नटुटोस्, खोजी कार्य सुस्त नहोस् र राहतमा कुनै कमी नहोस् भन्ने आग्रह गरेको छ।

समूहले दुःखको यस घडीमा सबै पक्षलाई आरोप–प्रत्यारोपभन्दा माथि उठेर मानवीय संवेदनालाई केन्द्रमा राख्दै उद्धार, राहत र पुनःस्थापनामा एकजुट हुनसमेत आह्वान गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।