भाद्र २१ पोखरा
सामाजिक क्षेत्रमा क्रियाशील कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा शिव थापा, सचिवमा कुलप्रसाद अधिकारी, कोषाध्यक्षमा रेनुका कार्की र सहसचिवमा अप्सरा केसी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा उमेशचन्द्र देवकोटा, कृष्ण पोखरेल, शोभित ठकुरी, सुरेश नेपाली, आदित्य चन्द र शेषकान्त शर्मा चयन भएका छन् । निर्वतमान अध्यक्ष शर्मिला शर्मा भने पदेन सदस्य रहने व्यवस्था गरिएको छ । संस्थाको आगामी तीन वर्षे कार्यकालका रहने छ ।
साधारण सभा तथा अधिवेशनका अवसरमा मेडिप्लस हस्पिटलको स्वास्थ्य जाँच तथा सिटी ल्याब प्रा.लि.को ल्याबोरेटरी सेवा समेत प्रदान गरिएको थियो ।
फाउण्डेसनका अनुसार उक्त स्वास्थ्य सामग्री बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका विभिन्न विद्यालयमा वितरण गरिनेछ ।
नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद पाण्डेले संस्थाको उद्देश्य र लक्ष्यलाई आत्मसात् गर्दै आगामी दिनमा सबै सदस्यबीचको समन्वय, सहकार्य र सक्रिय सहभागिताका साथ संस्थाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्मफ्लाइट्स फाउण्डेसन नेपालले स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यसै गरी फाउन्डेशनले विगत साढे दुई दशकभन्दा लामो समयदेखि मानवअधिकार, पत्रकारिता, सञ्चार र सामाजिक अभियानका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका मधु पन्थीलाई सम्मान गरेको छ । पन्थीले विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसँग मानवअधिकार र सामाजिक क्षेत्रमा कलमका माध्यमबाट सूचना र समाचार जनसमक्ष प्रस्तुत गर्दै आएका छन् ।









