रोहित वस्नेत
साउन १५ पोखरा : देशको मुख्य उद्योगका रुपमा पर्यटन क्षेत्रलाई बुझिन्छ । पोखरामा रहेका पर्यटन व्यवसायीहरुको एक संस्था उद्योग तथा ब्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा प्रथम कोदो रोपाई महोत्सव गर्ने महासंघका अध्यक्ष बबरजंग गुरुङ्गले बताएका छन् ।

परम्परागत तथा रैथाने बाली प्रवर्द्धन, बालीहरू लोप हुँदै जाँदा त्यसको संरक्षण गर्नु महोत्सवको उदेश्य भएको अध्यक्ष गुरुङ्गले बताएका हुन । उनका अनुसार यस्तो महोत्सवले किसानमा थप उत्साह बढ्ने देखिन्छ, रैथाने बाली अन्तर्गत कोदो खेती पोषणयुक्त र स्वास्थ्यकर अन्नबालीका रूपमा लिइने हुँदा कोदो खेती प्रवर्द्धन गरिएको गुरुङ्गले बताएका हुन ।
महोत्सवमा ख्याती प्राप्त जिवन शर्माका प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, नेपाली पञ्चेबाजाका साथमा आमा समुह विच कोदो रोपाई प्रतियोगिता समेत हुनेछ ।
अध्यक्ष गुरुङ्गले माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा हुने कोदो रोपाई महोत्सवमा उपस्थित भएर रोपाईको आवलोकन गर्नुका साथै महोत्सवमा हुने विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई अनुरोध समेत गरेका छन् ।
हाम्रो देशमा धान, गहुँ, मकै, कोदो, फापरलाई मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको छ । राष्ट्रिय परिवेशमा चौथो नम्बरमा रहेको खाद्यान्न बाली कोदो उच्च पहाडी भूभागहरुमा मकै पछिको दोस्रो बाली हो । हाल मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा कोदो लगभग पहिलो बालीमा पर्न आउने आउने देखिन्छ ।
‘स्वास्थ्यकर भएकाले पनि रोटी, ढिँडो लगायत विभिन्न परिकार बनाएर कोदोलाई प्रयोग गरेको पाइएको छ । तर पनि पछिल्ला वर्ष किसानले कोदो लगाउनै छाडेका छन् । खाद्यान्नमा आत्मनिर्भर गराउन सहयोग पुर्याउने कोदो १५र२० वर्ष अघिसम्म प्रत्येक किसानले लगाउने कोदो पछिल्ला वर्ष यसको महत्त्व बिर्सँदै जाँदा किसानको बारी बाँझै समेत हुन थालेको छ । नेपाल सरकार हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने गर्दछ ।









