२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

पोखरा ।
नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ ।नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल
प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत  कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो ।

अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा अध्यक्ष लम्सालले पत्रकारहरुको आर्थिक, सामाजिक लगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताए । प्रेस स्वतन्त्रत र अभिव्यक्ति स्वतन्त्रताको लडाईमा प्रेस युनियन सधै अग्रमोर्चामा रहने उनले दाबी गरे ।

अध्यक्ष लम्सालले प्रेस युनियनले सदस्यहरुलाई अप्ठ्यारो पार्ने गरी शुद्धीकरण अभियानसमेत सञ्चालन नगरेको बताए । सय दिने अभियान पत्रकार महासंघको शुद्धिकरण भनेजस्तै अठ्यारो नपर्ने गरी नेपालका पत्रकारहरुले यो संगठनमा बसेर काम गर्न सक्ने वातावरण बनाउनका निम्ति अभियान सुरु गरेका हौं’, उनले भने, ।।।यसमा हामीले ठ्याक्कै शुद्धिकरण किन भनेनौ भने, विगतमा पत्रकार महासंघको शुद्धीकरणले अपठ्यारो पा¥यो, तर हामी त्यो अपठ्यारोहरु नगरीकन हामी कसैले नरोक्ने, कसैले नछेक्ने स्वतः स्फुर्त रुपमा पत्रकारितामा जोडिने साथीहरुसँगै जान यो अभियान सुरु गरेका छौ ।’

सदस्यता अभियानको क्रममा प्रेस युनियन छाड्न चाहने, पत्रकारिता छोडेर पार्टीमा लाग्न चाहने सदस्यहरुलाई व्यवस्थित गर्न यो अभियान सञ्चालन गरिएको अध्यक्ष लम्सालले स्पष्ट पारे । सदस्यता अभियानसँगै मंसिर दोस्रो हप्तासम्म विधान सभासमेत गर्ने प्रेस युनियनले तयारी गरेको छ । प्रेस युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) का सदस्यताका लागि काम भइरहेकाले छिट्टै प्रेस युनियनमा आवद्ध सदस्यहरुलाई आइएफजेको परिचयपत्र उपलब्ध गराउने उनले बताए । यस कार्यमा सदस्यता अभियानले पनि सघाउने लम्सालले सुनाए ।

प्रेस युनियन कास्कीका अध्यक्ष बासु मिश्रले सय दिने सदस्यता अभियानलाई कास्कीमा प्रभावकारी  र व्यवस्थित बनाएर अघि बढ्ने बताए । यो अभियान गण्डकी प्रदेशमा बागलुबबाट सुरु भएपछि पर्वत र कास्कीमा पनि शुभारम्भ गरिएको हो ।

 पोखरा ।

पोखरा महानगरपािलका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई अविर तथा खादा लगाएर स्वागत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयमा नयाँ विद्यार्थीलाई माथिल्लो कक्षाका विद्यार्थीले स्वागत गर्ने परम्परा रहेको बताए । उनले आफुभन्दा मुनिको कक्षाका भाईबहिनीहरुलाई विद्यालयमा स्वागत, सम्मान गर्ने संस्कार नै बसेको र उनीहरुले आयोजना गर्दै आएको बताए ।

यसको गर्नुको अर्थ एकअर्काबिचको चिनाजानि भाईचारा र पटनपाठनका लागि असल वातावरण निर्माणमा सहजता हुने बताए । विद्यार्थीहरु हाम्रा छोराछोरी जस्तै हुन् । अभिभावकले यहाँ अध्ययन गर्न पठाउनु भएको छ । राम्रोसंग, अनुशासित भएर पढ्नुपर्ने र त्यसका लागि केके गर्नुपर्छ विद्यालयले सहजिकरण गर्ने बताए । उनले कक्षा ११ बाटै मेहनत गरे कक्षा १२ मा उत्कृष्टता हाँसिल गर्नेमा शंका नभएको बताए । उनले त्यसपछिको अध्ययनका लागि पनि आफ्नै कलेजमा होटल म्यानेजमेन्ट, व्यवस्थापन, इएमबीएका कोर्षहरु अध्ययन गर्न पाईने बताए । उत्कृष्ट हुने विद्यार्थीलाई स्कलरसिपको व्यवस्था रहेको बताए । अध्यक्ष पालिखेले अब विद्यार्थीले सोंचको दायरा पराकिलो पार्नुपर्ने र अध्ययन गर्दै अर्थ आर्जनको उपाए अपनाउन सक्ने बताए ।

घरबाट खाजा खर्चका लागि दिएको थोरै रकम जोगाएर शेयरमा लगानी गर्न सक्ने र त्यसबाट भविष्यमा फाइदा लिन सकिने बताए । यसका लागि उनले विद्यार्थीका लागि छिट्टै शेयर मार्केटका एक्सपर्टलाई ल्याएर वित्तीय सचेतताको कार्यक्रम गर्ने बताए । सो अवसरमा पालिखेले स्टुडेन्ट एक्जेन्ज कर्याक्रम पनि चलिरहेको बताए । केहि दिन अघि नेदरल्याण्डका विद्यार्थीहरु विद्यालयमा आएका र उनीहरुसंगै फेलोसिपको कार्यक्रम भएको केहि समयपछि जापानबाट विद्यार्थी आउन लागेको बताए । यसै सन्दर्भमा उनले चीनमा जान चाहने कक्षा ११ र १२ का विद्यार्थीहरुले इच्छा जाहेर गरेको खण्डमा त्यो मौकाको फाइदा दिन सकिने बताए । कार्यक्रममा कक्षा ११ की विद्यार्थी सुवासी शर्माले कक्षा १२ का दाई दिदिहरुले आफुहरुलाई स्वागत तथा सम्मान गरेकोमा आभार व्यक्त गर्दै सुसंस्कारी विद्यालयमा अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

कर्याक्रममा अध्यक्ष अशोक पालिखे, गणित शिक्षक मान बहादुर भुजेल, सहप्राचार्य मुकेश अधिकारी, व्यवस्थापन संकायका संयोजक विकास ढुंगाना, विज्ञानतर्फका कृष्ण अधिकारी, विद्यालय संचालक मीना पालिखे, रश्मी पालिखे, कुशल पालिखे र कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अविर, खादा लगाएर स्वागत गरेका थिए । कक्षा १२ का विद्यार्थीहरुका विभिन्न नृत्यु, लाखे नाच र सांगितीक प्रस्तुतिहरु रहेका थिए । यसअघि कार्यक्रममा सहभागि सबैलाई कक्षा १२ की छात्रा आकी क्षेत्रीले स्वागत गरेकी थिईन् । संचालन शुसिल नेपाली र इसिका कुमालले गरेका थिए ।

पोखरा ।
पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो । 
 
तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो । नेपालको अग्रणी व्यापारिक समूहको रूपमा स्थापित लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी गरिएको उहाँले बताउनुभयो ।
 
पोखराका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्ने, निकालिएको जलकुम्भी झारबाट हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि स्थानीय समुदायमा सीप विकास मार्फत रोजगारी सिर्जना गर्ने, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलता तर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा गरिबिको रेखा मुनी रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गरी महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजनाले निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्तिको दिशामा योगदान गर्ने, संयुक्त रूपमा जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने लगायत उद्देश्यले समझदारी गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो । 
 
महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ र जलकुम्भी लगायत झारहरूको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सिप विकास, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसका लागि लक्ष्मी ग्रुपले देश तथा विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याउने, ताल सरसफाइ र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति लगायतको व्यवस्थापन, हस्तकलाका सामाग्रीहरू उत्पादन तथा प्रशोधनका लागि आवश्यक तालिम तथा प्रशिक्षण र विपन्न परिवारहरूलाई विद्युतीय चुल्हो वितरण गर्नेछ । 
 
परियोजना परीक्षण काल ६ महिना सहित ५ पाँच वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ । पहिलो चरणमा पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमशः विस्तार गर्दै लगिने आचार्यले बताउनुभयो ।
 
परियोजना मार्फत पोखरामा रहेका तालहरूको दिगो संरक्षण र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ भने, तालहरूमा देखिने फोहोर र प्रदूषणको समस्या समाधान हुनेछ । स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्दै विपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण गरी वातावरण तथा पर्यावरणीय सन्तुलन मार्फत पोखरा महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्नेछ । 

पोखरा ।

लालीगुराँस एशोसियसन नेपालको समन्वय तथा एलजी एशोसियसन युकेको सहयोगमा सहारा बाल आधारभुत विद्यालयमा कम्प्युटर प्रदान गरिएको छ । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्याक्तित्व किास र आवश्यक्तालाई मध्येनजर गरी एशोसियसनले ६ थान कम्प्युटर प्रदान गरेको हो ।

एलजी एशोसियसन द्धारा युकेमा आयोजित एलजी फेष्टबाट संकलित रकमबाट सहारा आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको हो । एलजी फेस्ट युकेका संयोजक राजेन्द्र गुरुङ ‘कान्छा’ को संयोजकत्वमा उक्त सामाग्री लालीगुराँस एशोसियसन नेपालद्धारा एक समारोहका बीच उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

लालीगुराँस एशोसियसन नेपालका अध्यक्ष डम्बर जंग गुरुङ, एशोसियसनका बरिष्ठ सल्लाहकार सुनिल गुरुङ, पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी सहितको टोलीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली, विद्यालयका प्रध्यानाध्यापक लोचना अधिकारी लगायतलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।  

सो अवसरमा वोल्दै लालीगुराँस एशोसियसन नेपालका अध्यक्ष डम्बर जंग गुरुङले सहारा आधारभुत विद्यालयमा अध्ययनरत साना–साना विद्यार्थीहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई सानो सहयोगले उनीहरुको ब्याक्तित्व बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताए । उक्त सहयोगका लागि एलजी एशोसियसन युके लाई र सम्पूर्ण क्लबका सदस्यहरु प्रति आभार समेत प्रकट गरे ।

सो अवसरमा वोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले लालीगुराँस एशोसियसनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मध्येनजर गरी कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । विद्यालयमा कम्प्युटरहरु पर्याप्त मात्रामा नभइरहदा एलजी एशोसियसनले सहयोग स्वरुप प्रदान गरेको कम्प्युटरले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगेको उनको भनाइ रहेको थियो ।

एलजी एसोसिएसनको पहलमा हुने एलजी फेस्टअन्तर्गत विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरि उक्त सांस्कृतिक कार्यक्रमबाट संकलित रकमद्वारा विभिन्न सामाजिक कार्यहरूगर्दै आइरहेको छ ।

रोहित वस्नेत
साउन १५ पोखरा :  देशको मुख्य उद्योगका रुपमा पर्यटन क्षेत्रलाई बुझिन्छ । पोखरामा रहेका पर्यटन व्यवसायीहरुको एक संस्था उद्योग तथा ब्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा प्रथम कोदो रोपाई महोत्सव गर्ने महासंघका अध्यक्ष बबरजंग गुरुङ्गले बताएका छन् ।

परम्परागत तथा रैथाने बाली प्रवर्द्धन, बालीहरू लोप हुँदै जाँदा त्यसको संरक्षण गर्नु महोत्सवको उदेश्य भएको अध्यक्ष गुरुङ्गले बताएका हुन । उनका अनुसार यस्तो महोत्सवले किसानमा थप उत्साह बढ्ने देखिन्छ, रैथाने बाली अन्तर्गत कोदो खेती पोषणयुक्त र स्वास्थ्यकर अन्नबालीका रूपमा लिइने हुँदा कोदो खेती प्रवर्द्धन गरिएको गुरुङ्गले बताएका हुन ।
महोत्सवमा ख्याती प्राप्त जिवन शर्माका प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, नेपाली पञ्चेबाजाका साथमा आमा समुह विच कोदो रोपाई प्रतियोगिता समेत हुनेछ ।

अध्यक्ष गुरुङ्गले माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा हुने कोदो रोपाई महोत्सवमा उपस्थित भएर रोपाईको आवलोकन गर्नुका साथै महोत्सवमा हुने विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई अनुरोध समेत गरेका छन् ।

हाम्रो देशमा धान, गहुँ, मकै, कोदो, फापरलाई मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको छ । राष्ट्रिय परिवेशमा चौथो नम्बरमा रहेको खाद्यान्न बाली कोदो उच्च पहाडी भूभागहरुमा मकै पछिको दोस्रो बाली हो ।  हाल मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा कोदो लगभग पहिलो बालीमा पर्न आउने आउने देखिन्छ ।

‘स्वास्थ्यकर भएकाले पनि रोटी, ढिँडो लगायत विभिन्न परिकार बनाएर कोदोलाई प्रयोग गरेको पाइएको छ । तर पनि पछिल्ला वर्ष किसानले कोदो लगाउनै छाडेका छन् । खाद्यान्नमा आत्मनिर्भर गराउन सहयोग पुर्याउने कोदो १५र२० वर्ष अघिसम्म प्रत्येक किसानले लगाउने कोदो पछिल्ला वर्ष यसको महत्त्व बिर्सँदै जाँदा किसानको बारी बाँझै समेत हुन थालेको छ । नेपाल सरकार हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने गर्दछ ।

रोहित वस्नेत : साउन १० पोखरा

नेपाल औषधी व्यवसायी संघ कास्की शाखाले कास्की जिल्ला भित्र सदस्यता विस्तार, नविकरण र आन्तरीक अनुगमन शुरु गरेको छ । संघका अध्यक्ष धिरज गौतमको नेतृत्वमा संघका बरिष्ठ उपाध्यक्ष सन्तोष पराजुली र उपाध्यक्ष (खुद्रा) अर्जुन कार्कीको टोली यस कार्यमा खटीएको अध्यक्ष धिरज गौतमले जानकारी दिए ।

व्यवसायीलाई नयाँ निति, नियमको बारेमा जानकारी गराउन र सेवालाई कसरी अझै उत्कृष्ट गराई उपभोक्तालाई सेवा प्रदान गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनु यसको उदेश्य रहेको उनले बताएका छन् । कास्की जिल्ला भरी रहेका करिव ७०० व्यवसायीको घरदैलो गरि महामारी, प्राकृतिक विपत्तीमा कसरी व्यवसायीले राज्यका निकाय सँग समन्वय राखेर सहयोग गर्न सकिन्छ भन्ने विषय पनि  समेटीएको छ ।

कास्की जिल्लाले देशभरी मै नमुना तरिकाले व्यवसायी सुद्धिकरण र व्यवसायीलाई एकजुट बनाउन लागेकोले यसबाट गुणस्तरीय स्वास्थय सेवा जनतामा पुर्याउन टेवा पुग्ने हुनाले यसलाई निरन्तरता दिनुपर्ने जिल्ला शाखाका संस्थापक अध्यक्ष बिक्रम पन्तले बताएका छन् ।

रोहित वस्नेत :  साउन २ काठमाडौं

पोखरामा गण्डकी कोटीहोम सकिए लगतै मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा काठमाडौँको पशुपति मन्दिर क्षेत्रमा श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ – २०८२ शुरु भएको छ । हिजो साउन १ गतेबाट आगामी भदौ २१ गतेसम संचालन हुने पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ सम्पूर्ण मानवजातिले मनले चाहेको पुरा होस, कसैलाई संकट नपरोस संकटबाट मोचन गराउने लक्षका साथ श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ – २०८२ आयोजना गरिएको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्ती बताएका छन् ।

श्रावण १ गते पन्चकन्याले पशुपतिनाथ मन्दिरका मूल भट्टबाट पशुपतिको दिप लिएर सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ समारोहमा राखिएको पानसमा दिप प्रज्वलन गरि महायज्ञको बिधिबत उद्घाटन गरेका थिए ।

महायज्ञमा लोकप्रिय कथाबाचकहरुले कथाबाचन गर्नेछन शुरुमा सागर आचार्य, आदिया योगी, शितल कृष्ण महाराज, गौतम स्वामीले कथाबाचन गर्नेछन महायज्ञमा पण्डित दिनबन्धु पोखरेल, अमृत शरण देवाचार्य,  देवी प्रतिभा जी, राधिका दासी, अनुराधा पाण्डेय, चन्द्रकला सखी आदीले कथा बाचन गर्नेछन ।

महायज्ञमा तीज महामहोत्सब समेत आयोजना गरिएको र तीजको ब्रत, पुजा एबम नाचगान लगायतका गतिबिधि संचालन गरेर महिलाहरुलाई धार्मिक र आध्यात्मिक चेतना जगाउने संगै मनोरंजन समेत दिलाउने लक्ष राखिएको छ । सोहि अबसरमा बिभिन्न क्षेत्रमा योगदान गरेर प्रतिष्ठा कमाएका १ सय ८ जना महिलाहरुलाई सम्मान समेत गरिने छ ।

ललितपुरको गोदावरी नगरपालिका –१४, बोडेगाउँमा मामाघर अनाथलय आश्रम एबम भक्तपुरको चाँगुनारायण-९ ताथलीमा ज्येष्ठ नागरिक आश्रमलाई थप ब्यबस्थित र सुबिधा सम्पन्न बनाउन संकट मोचन बिराट ज्ञान महायज्ञ संचालन गर्न लागिएको हो ।

                 

मामाघर अनाथलय आश्रममा अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा प्रदान गरिंदै आएको छ । छोरीको घर र ज्येष्ठ नागरिक आश्रम निर्माणको लागि भक्तपुरमा ३ रोपनी भन्दा बढी जग्गा खरिद गरिएको र हाल ८६ जना बालबालिकाहरुको लागि बस्ने खाने एबम पढ्ने सहितको सबै सुबिधा प्रदान गरिएको । भक्तपुरमा हाल संचालित जेष्ठ नागरिक आश्रममा बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र सुरक्षा प्रदान गर्दै आइरहेको मानव सेवा फाउन्डेसनले जनाएको छ ।

मानव सेवा फाउन्डेसनले पशुपति क्षेत्रमा पशुपति कोटीहोम, पोखरामा गण्डकी कोटीहोम तथा देशका विभिन्न क्षेत्रमा महायज्ञ संचालन गरिसकेको छ भने आगामी दिनका देशका सातै प्रदेशमा कोटीहोम महायज्ञ गर्ने लक्ष रहेको बालयोगेश्वर बिजयकृष्ण मुर्ती बताएका छन् ।

 

पोखराः  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेको छ ।

लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित ग¥यो । घान्द्रुकले पहिलो खेलमा ३  अङ्क जोड्यो ।दोस्रो खेलमा आधिखोला न्यू दिल्लीले एपिएफ पोखरालाई ३–१ को सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २६–२८ ले गुमाएको आधिखोलाले दोस्रो सेटमा २५–२३ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ले जितेको आधिखोलाले चौथो २५–२० ले जित्यो ।

पहिलो खेलमा जित निकालेको आधिखोलाले ३ अङ्क जोडेको छ ।यस्तै तेस्रो खेलमा ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले ठकुरी समाज तनहुँलाई पराजित ग¥यो । ढुङ्गे देउरालीले ठकुरी समाजलाई ३–२ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२३ ले जितेपनि ढुङगे देउराले दोस्रो सेट २२–२५ र तेस्रो सेट २२–२५ ले नै गुमायो । चौथो सेटमा २५–१८ ले पूनरागमन गर्दै पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्यो ।

ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले लिग चरणको पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा जित निकाल्दै २ अङ्क जोडेको छ । यस्तै पराजित भएपनि ठकुरी समाजले १ अङ्कले जोडेको छ ।आज नै भएको भेट्रान्स तर्फको पहिलो खेलमा माछापुच्छ्रे गाउँपालिका विजयी सुरुवात गरेको छ । माछापुच्छ्रे गाउँपालिकाले जिएम ब्रोडर्स लामाचौरलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो ।

पहिलो सेट १९–२५ ले गुमाएको माछापुच्छ्रेले दोस्रो सेटमा उत्कृष्ट पूनरागमन ग¥यो । दोस्रो सेटमा एक समय ११–२० ले पछाडि परेको माछापुच्छ्रे २४–२४ को बराबरी गर्दै ३१–२९ को जित निकाल्यो । तेस्रो तथा निर्णायक सेट २५–२१ ले माछापुच्छ्रेले जित्यो ।

सभ्य समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भुमिकाः अध्यक्ष केसी

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सभ्य समाज निर्माणमा खेलकुद क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।

लामा अमृत फाउण्डेशन घान्द्रुकले आज देखि पोखराको नदिपुरमा सञ्चालन गरेको तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।‘सबै हिसाबले समाज राम्रो बनाउन पर्छ भनेर हामी लागेका छौं, समाजलाई गतिशिल र अनुशासित बनाउन पर्छ भनेर तपाई हामी लाग्न पनेै छ, त्यसमा अझ बढी खेलकुद क्षेत्रको योगदान बढी छ, अध्यक्ष केसील भने, ‘ खेलाडी जब अनुशासनमा रहन्छ राष्ट्रलाई चिनाउछ र सभ्य समाज सहयोग पु¥याउँछ ।’

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले भोलि बाँकी रहेका लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा दर्शकलाई निशुल्क प्रवेश रहेपनि भोलिदेखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।

 
 

रोहित वस्नेत
असार २३ पोखरा  : पोखरा महानगरपालिका वडा नं. ६ का स्थानिय जनप्रतिनिधीले ठाउँ चिनाउने अभियानमा परिचय खुल्ने नाम लेखिएको काठको बोर्ड वडा नं ६ का विभिन्न ठाउँहरुमा स्थापना गर्दै आएका छन् । वडा सदस्य बासु बराल, पबित्रा थापा र शोभा जलारीले संयुक्तरुपमा विभिन्न (शन्तिपाटन, डिहीकोपाटन, खहरचोक, बगैचा, बाराहीचोक, हल्लनचोक) जस्ता नाम लेखिएका बोर्ड स्थापना गरेका छन् ।

उक्त परिचय खुल्ने बोर्डले पोखरा घुम्न आउने पर्यटकहरु तथा फोटोग्राफरको लागि पनि उत्कृष्ट प्लेटफर्म साबित हुने । ‘यो वृत्तचित्र मात्रै नभएर, वडा नं. ६ चिनाउने हाम्रो अभियान हो  !  वडा सदस्य बासु बरालले बताए ।  नेपाली भाषा र पुराना नामको जगेर्ना गर्ने हेतुले वडा नं ६ मा काठको बोर्डमा नामांकरण गरिएको छ।

 

पोखरा । 

गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरिएको छ ।उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसीले गोर्खा जिल्ला समितिको गठन सँगै संघले पूर्णता पाएको बताउँदै अब सबै मिलेर फोटोग्राफरहरूको हकहित र व्यावसायिक सशक्तिकरणको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरि फोटोग्राफर संघ गण्डकीका संस्थापक अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले व्यावसायिक एकता र संस्थाको आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो ।संस्थाका बरिष्ठ उपाध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तुलसीराम सुबेदीले संघको वैधानिक पक्ष, संरचना, र स्थानीय देखि केन्द्र सम्मको सहकार्यको महत्व बारे जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्तबहादुर तामाङ, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्मा जैसी, तनहुँ फोटोग्राफर संघका अध्यक्ष आलोक कुमाल, नवलपुर फोटोग्राफर संघका अध्यक्ष कुशल अधिकारी, साथै स्याङ्जा र बागलुङ जिल्लाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । सहभागी जिल्ला अध्यक्षहरू र प्रदेश प्रतिनिधिहरुले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गरे ।

कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका महासचिवले प्रेम प्रसाद पराजुलीले फोटोग्राफर संघ गण्डकीलाई प्राप्त गोर्खा जिल्ला समिति को प्रस्तावीत नामावली प्रस्तुत गर्नुभएको थियो भने सो प्रस्तावीत नामावलीलाई सर्वसम्मत पारित गरिएको थियो ।नवगठित गोर्खा समितिमा अध्यक्षः रामप्रसाद भट्ट,उपाध्यक्षः सबिन केसी,सचिवः सुकबहादुर नेपाली,सह–सचिवः पारस बोगटी,कोषाध्यक्षः गणेश श्रेष्ठ,सदस्यहरूमा सम्भु श्रेष्ठ, सजिन थापा, प्रमिला आले, सञ्जीत श्रीमल रहनु भएको छ ।

कार्यक्रमको संचालन सचिव सुकबहादुर नेपालीले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सबिन केसीले राख्नुभएको थियो । नवगठित समितिलाई गण्डकी फोटोग्राफर संघका अध्यक्ष नारायणबहादुर केसीले खादा लगाई सम्मान गर्नुभएको थियो । त्यस अघि गोर्खाको बारर्पाकमा फोटोग्राफर संघ गण्डकीको अन्र्तकृया सहितको कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।