२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

दोस्रो दौतरी कप फुटसल प्रतियोगिताको उपाधी सेन्ट फ्रान्सिसलाई

पोखरा ।
दौतरी समूह रामबजारको आयोजनामा सञ्चालित दोस्रो दौतरी कप विद्यालय स्तरिय फुटसल प्रतियोगिता २०८३ को उपाधि सेन्ट फ्रान्सिस स्कुलले जितेको छ । उपाधी संगै सेन्ट फ्रान्सिसले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता बालोदय सेकेण्डरी स्कुलले नगद ३३ हजार ३ सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

 
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने कालिका माविले फेयर प्लेको उपाधि संगै नगद ११ हजार १ सय ११, प्रमाणपत्र र शिल्ड प्राप्त गर्यो । प्रतियोगितामा सेन्ट फ्रान्सिसका दीपक तामाङले हाइ स्कोररको उपाधि हात पारे, सेन्ट फ्रान्सिसकै प्रकाश पुन मगरले वेष्ट गोल किपरको उपाधी हात पारे । बालोदयका विकलेस बल थापाले वेष्ट प्लेयरको उपाधि हात पारे ।
 
प्रतियोगिताको अवसरमा नेपाली फुटबल तथा खेलकुद क्षेत्रमा पु¥याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै आयोजक दौतरी समूह रामबजारले दुई जना वरिष्ठ फुटबल कोचलाई विशेष सम्मान अर्पण गरेको छ । दौतरी समुहले वरिष्ठ फुटवल कोच खेम बहादुर गुरुङ र वरिष्ठ फुटवल कोच शम्भू केसीलाई सम्मान गरेको हो ।
 
प्रतियोगिताका बिजेताहरुलाई पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ, दौतरी समुहका अध्यक्ष मनोज गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार बिनिता थापा, सह प्रायोजक तथा रामबजार हङकङका संस्थापक रक्षा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
 
कार्यक्रमको समापन समारोहमा विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार तथा ट्रफी वितरण गर्दै आयोजकहरूले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक खेलकुद प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।