२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

कास्कीमा यू–१६ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

पोखरा । कास्कीमा विद्यालय तहका क्रिकेट प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले कास्की जिल्ला यू–१६ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । क्रिक पोखरा स्पोर्टस प्रालिको आयोजना तथा इभेन्ट व्यवस्थापनमा हुने प्रतियोगिता भदौ २२ गतेदेखि २५ गतेसम्म पोखरास्थित प्रदेश प्रहरी खेल मैदानमा सञ्चालन हुनेछ ।

विद्यालय तहदेखि नै क्रिकेट खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने, खेल अनुशासन तथा नेतृत्व क्षमताको विकास गर्ने र नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।प्रतियोगितामार्फत कास्कीमा ग्रासरुट क्रिकेटको आधार बलियो बनाउँदै भविष्यमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजकले विद्यालयदेखि मैदान हुँदै राष्ट्रिय टोलीसम्म खेलाडीलाई पु¥याउने अभियानका रूपमा प्रतियोगितालाई अघि बढाएको जनाएको छ ।

प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता रहनेछ । सहभागी विद्यालयमा गण्डकी बोर्डिङ स्कुल, बालोदय माध्यमिक विद्यालय, लाविन रेसिडेन्सियल स्कुल, कुमुदिनी होम्स सेकेन्डरी स्कुल, हार्भर्ड एकेडेमी र अमरसिंह माध्यमिक विद्यालय रहेका छन् ।प्रतियोगिताको पहिलो खेल सोमबार बिहान ९ बजे लाविन रेसिडेन्सियल स्कुल र कुमुदिनी होम्स सेकेन्डरी स्कुलबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो १२ बजे हार्भर्ड एकेडेमी र अमरसिंह माध्यमिक विद्यालयबीच हुने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक वीरेन्द्र पुनका अनुसार विद्यालय तहबाटै क्रिकेट प्रतिभाको पहिचान गरी उनीहरूलाई नियमित प्रतिस्पर्धाको अवसर दिन प्रतियोगिता महत्वपूर्ण हुनेछ । पोखरा महानगरपालिका क्रिकेट संघका पूर्वसचिव कपिलदेव गौतमले पनि विद्यालय क्रिकेटको विकाससँगै प्रतिभावान खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । प्रतियोगितालाई पी. राज ट्रेड कन्सर्न, हिमालय क्रिकेट एकेडेमी प्रालि र केएन स्पोर्टस् प्रालिले सहयोग गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।