२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

“त्रिशूली नदीमा बाढीले चिता बगायो”

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदीको किनारमा मंगलबार बिहान दाहसंस्कार गरिँदै गरेको चिता बाढीले बगाएको छ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का अनुसार एक आफन्तको बिहान ५ बजे निधन भएपछि चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कारको तयारी गरिएको थियो। बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको उनले बताए।

“शव त लगभग जलिसकेको अवस्था थियो, चिता भने अझै बाँकी थियो। त्यही बेलामा बाढी आएर बगायो,” थपलियाले भने।

वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य कैद गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

स्थानीय सतर्कता

गाउँपालिका अध्यक्ष थपलियाले नदी किनार क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्पूर्ण पालिका क्षेत्रमा पूर्व सूचना जारी गरिसकेको बताए। उनले भने, “हामी पनि सचेत भएर दाहसंस्कारमा सहभागी भएका थियौं। चिता नै बाढीले बगायो, तर हामी सबै सुरक्षित छौं।”

बाढीको व्यापक प्रभाव

सोमबार राति आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। बाढीको प्रभाव त्रिशूली नदीमा पनि देखिएको हो। रसुवामा बाढीले रसुवागढी हाइड्रोपावर, भन्सार, र सुख्खा बन्दरगाहमा रहेका ७ वटा इभी गाडी बगाएको छ।

यसैगरी, बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन्, जसमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक, र ३ जना प्रहरी रहेका छन्।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।