सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि सम्बन्धित सबै सेवा आजदेखि बन्द भएका छन्।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा प्राविधिक समस्या आएको जानकारी दिएको हो। सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) बन्द भएको व्यहोरा जानकारी गराइन्छ।’
विभागका अनुसार समस्या समाधानको काम भइरहेको छ र अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द रहनेछन।









