२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगित हुदै

पोखरा ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गरी आगामी मंसिर १ देखि ६ गते सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।


भलिबल खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा देशका उत्कृष्ट आमन्त्रित पुरुष भलिबल टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत पोखरालाई राष्ट्रियस्तरको भलिबल गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने तथा स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहने क्लबका कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । एउटा टिमले ३ जना विदेशी खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तृतीय हुने टोलीले १ लाख रुपैयाँ तथा सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताबाट अनुमानित ७१ लाख आम्दानी र ६० लाख ९५ हजार खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनकै बिच युनाइटेड किङ्स क्लबका सल्लाहकार बुद्ध सिंह कास्की जिल्ला भलिबल संघको अध्यक्षमा निर्वाचित भएको र क्लबका सदस्य जिम श्रेष्ठ स्याङजा जिल्ला भलिबल संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाइ तथा सम्मान ब्यक्त गरिएको थियो ।

युनाइटेड किङ्स क्लबले खेलकुद तथा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाउँदै आगामी दिनमा पनि नेपाली भलिबलको विकास र खेलाडीको प्रोत्साहनमा निरन्तर योगदान गर्ने जनाएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।