२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

एलिना चौहान र रचना रिमालको नाममा फेसबुक ठगी, सचेत रहन आग्रह

काठमाडौँ । गायिकाद्वय एलिना चौहान र रचना रिमालले आफूहरूको नाममा नक्कली फेसबुक आइडी खोलेर ठगी प्रयास भएको भन्दै सर्वसाधारणलाई सचेत हुन आग्रह गरेका छन्।

जेनजी आन्दोलनपछि गरिबी र आर्थिक कठिनाइको बहाना देखाउँदै पैसा माग्ने मेसेज आएको बताइएको छ। एलिना र रचनाले फेसबुकमा मेसेजको स्क्रिनसट सेयर गर्दै, यस्तो ठगीमा नपर्न र आएमा तुरुन्त ब्लक तथा रिपोर्ट गर्न अनुरोध गरे।

एलिनाले भनिन्, “मेरो फेसबुक आइडी दुरुपयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन्। सबैलाई अनुरोध छ- सावधान रहनुहोस्।” रचनाले पनि आफ्नो फोटो र नाम प्रयोग गरी ठगी गर्न खोजिएको पाइएको जानकारी दिइन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।