५ असोज, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको छ।

बा३क २८४५ नम्बरको ट्याङ्करले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घटना भएको हो। गम्भीर घाइते कमलसिंहको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको छ।









