२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौँ, २ असोज । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको नेपाली सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।

कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्दा पहिलो सर्किट ब्रेक लागेको थियो। पुनः बजार खुल्दा कुल ५ प्रतिशत गिरावट आएपछि दोस्रो सर्किट ब्रेक लाग्यो। यसपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ।

विशेष गरी दुई पुनर्बीमा कम्पनीसहित अन्य समूह ८.९ प्रतिशतसम्म घटेका छन् भने बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूहमा पनि ५ प्रतिशतभन्दा बढी गिरावट आएको छ। यसले प्रदर्शनपछि बजारमा आएको अस्थिरता र लगानीकर्तामा बढेको जोखिमलाई उजागर गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।