काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जलेको समयमा दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलनमा बताएअनुसार, सुरक्षाका कारण सबै स्थानमा दमकल तुरुन्त पुग्न नसकेको हो। तर महानगरपालिकाको पहलमा विभिन्न स्थानमा पानी भर्न सयौं ट्यांकरहरू परिचालन गरिएको थियो।
पाण्डेका अनुसार, दमकल आफैं पनि सुरक्षित रहन आवश्यक भएकाले बाटो क्लियर नभएसम्म पर्खनु परेको थियो। यस क्रममा नेपाली सेनासँग पटक–पटक समन्वय गरिएको थियो। उनले जोर दिँदै भने, “महानगरले दमकल पठाएन भन्ने कुरा गलत हो।”
यस घटनाले प्रदर्शनको समयमा सुरक्षा व्यवस्थामा देखिएका चुनौतीहरू र समन्वय आवश्यकतालाई उजागर गरेको छ।









