२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

एयर इन्डिया दुर्घटना: पीडित परिवारले बोइङ र हनीवेलविरुद्ध अमेरिकामा मुद्दा

नयाँ दिल्ली । गत जुनमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले अमेरिकी कम्पनीहरू बोइङ र हनीवेलविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरूले इन्धन स्विचमा आएको खराबीका कारण दुर्घटना भएको र कम्पनीहरूले लापरबाही गरेको आरोप लगाएका छन्।

फ्लाइट १७१ अहमदाबादबाट लन्डन ग्याटविकतर्फ उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा २६० जनाको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानले इन्धन आपूर्ति रोकिनु मुख्य कारण देखाएको छ। पीडित परिवारले डिजाइनमा त्रुटि भएको र कम्पनीहरूले चेतावनी वा आवश्यक कदम नचालेको आरोप लगाएका छन्।

दुर्घटनाको विस्तृत प्रतिवेदन सन् २०२६ मा आउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।