२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

“असार दोस्रो सातासम्म देशभर १५.६ प्रतिशत धान रोपाइँ”

 असार दोस्रो सातासम्म देशभर कुल खेतीयोग्य क्षेत्रको १५.६ प्रतिशतमा मात्र धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले शुक्रबार (असार १३) सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १३ लाख ९१ हजार ३२१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये २ लाख १७ हजार २८९ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।

गत वर्ष असार १४ सम्म १७.२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा १.६ प्रतिशतले कम अर्थात् १५.६ प्रतिशत मात्र रोपाइँ भएको छ।

प्रदेशगत रोपाइँको अवस्था

  • सुदूरपश्चिम प्रदेश: कुल खेतीयोग्य क्षेत्रको ४५.५ प्रतिशतमा रोपाइँ सम्पन्न।

  • कर्णाली प्रदेश: ३९.१ प्रतिशत।

  • बागमती प्रदेश: २०.५ प्रतिशत।

  • कोशी प्रदेश: १४.३ प्रतिशत।

  • गण्डकी प्रदेश: १३.८ प्रतिशत।

  • लुम्बिनी प्रदेश: ९.७ प्रतिशत।

  • मधेस प्रदेश: ३.९ प्रतिशत (सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी)।

कृषि विभागले मधेस प्रदेशका केही जिल्लाबाट विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।