२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

“रौतहटमा सेफ्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु”

रौतहटको चन्द्रपुर नगरपालिका–१०, निबुवा टोलमा सेफ्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, मङ्गलबार साँझ करिब ७:४५ बजे यी दुवै बालबालिका खेल्ने क्रममा स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्याङ्कीमा खसेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चन्द्रपुरस्थित सरकारी अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा पुगेको केही समयपछि ८:१५ बजे चिकित्सकले दुवै बालबालिकालाई मृत घोषणा गरे।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।