२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

“दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध”

९ असार। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीवासमा रहेको पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको थियो। तर लगातारको वर्षासँगै डाइभर्सन बगाएपछि सवारी आवागमन वैकल्पिक भित्री मार्ग हुँदै गराइएको थियो। सोमबार बिहानदेखि उक्त वैकल्पिक मार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव अत्यधिक बढेपछि उक्त भित्री मार्ग पनि प्रयोग गर्न नसकिने अवस्थामा पुगेको हो।

हाल दाउन्ने–दुम्कीवास खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। विनयीखोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन अविरल वर्षाका कारण बगाएपछि, होल्डमा राखिएका साना तथा मध्यम (१२ चक्केसम्म) सवारीहरूलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गराईंदै आएको थियो। तर त्यो मार्गसमेत बन्द भएपछि अहिले सम्पूर्ण यातायात ठप्प भएको ढकालले बताए।

नदी तथा खोलामा आएको उच्च बहाव र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रुहरूलाई अत्यधिक कठिनाइ भएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।