२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

लुम्बिनि प्रदेशका मुख्यमन्त्री आचार्यलाई पोखरामा स्वागत

रोहित बस्नेत
फागुन ८ पोखरा : लुम्बिनि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई पोखरामा अर्घाखाँची पोखरा सम्पर्क समाजले स्वागत गरेको छ । पोखराको लेकसाईड स्थित होटल ल्याण्डमार्कमा एक कार्यक्रमका बिच समाजले उहाँलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले अर्घाखाँचीवासीहरूको एकता र सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै प्रदेश र जिल्लाबीचको सम्बन्ध अझै सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ । मुख्यमन्त्री आचार्यले शान्ति, स्थिरता र विकासको पक्षमा देशलाई सही दिशामा अघि बढाउन हरेक नागरिक दृढतापूर्वक उभिन आवश्यक रहेको समेत बताउनु भएको हो ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ९ अधेरीमा २०२५ साल जेठ २१ गते बुवा टीकाराम आचार्य र आमा तारादेवी आचार्यका माइलो छोराको रुपमा जन्मनु भएका आचार्य २०८१ साउन ७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

कार्यक्रममा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनि पन्थीले पोखरामा अर्घाखाँची समाजको एकता देखेर पोखरा आए पनि अर्घाखाँची नै भए जस्तो महसुस भएको बताउनु भयो ।

समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डेले अर्घाखाँची पोखरा सम्पर्क समाज अभिभावक विहीन भएको बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको आगमनले अभिभावत्व निर्वाह गरेको अनुभूति दिलाएको बताउनु भयो ।

समाजमा निबर्तमान अध्यक्ष दधिराम खनालले अर्घाखाँचीबाट पोखरामा बसोबास गर्दै आएका नागरिकहरूबीच आपसी सहकार्य, सद्भाव र समन्वय मजबुत भएको बनाउँदै अर्घाखाँची जिल्लाबाट आएका पाहुनालाई स्वागत गर्न पाउँदा सम्पर्क समाजलाई थप उत्साहित बनाएको उल्लेख गर्नु भएको थियो।

समाजका अध्यक्ष राम प्रसाद पौडेलले मुख्यमन्त्रीको उपस्थितिलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै आगामी दिनमा प्रदेश सरकार र सम्पर्क समाजबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य लगायत विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै “अतिथि देवो भव” को भावनासहित सम्मान व्यक्त गर्दै नेपाली संस्कार र संस्कृतिमा अतिथिलाई देवतासरह मान्ने परम्परा रहेको उल्लेख गर्दै सोही भावनाअनुसार मुख्यमन्त्री तथा अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।

भेटघाट तथा स्वागत कार्यक्रम समाजका महासचिव कृष्ण रानाभाटले कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्य लगायत आजिवन सदस्यको बाक्लो उपस्थिीती रहेको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।