२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

जेनजी आन्दोलनपछि बीमा दाबी २१ अर्ब नजिक पुगेको छ

काठमाडौँ, २ असोज – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको क्षतिमा बीमा दाबीको रकम झण्डै २१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार देशभरका १८ वटा निर्जीवन र लघु निर्जीवन बीमा कम्पनीमा हालसम्म २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

सबैभन्दा बढी दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ, जहाँ ४० वटा निवेदनबाट ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी आएको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड, आईजीआई प्रुडेन्सियलमा १ अर्ब ५९ करोड, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड बराबरको दाबी परेको छ।

नेपालमा नेशनल इन्स्योरेन्समा सबैभन्दा कम ६ करोड रुपैयाँ बराबरको दाबी परेको छ। माइक्रो इन्स्योरेन्समा प्रोएक्टिभ इन्स्योरेन्समा १ करोड १३ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

यो दाबी जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको आगजनी र तोडफोडसँग सम्बन्धित छ।


 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।