२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

प्रधानमन्त्री कार्की र मोदीबीच फोन वार्ता: शान्ति र पुनर्स्थापना मा भारतको समर्थन

काठमाडौँ, २ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सिंहदरबारबाट आधा घण्टाभरि फोन वार्ता भएको छ।

वार्तामा प्रधानमन्त्री मोदीले नेपालको पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले व्यवस्थापन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन्। साथै, देशले भोगेको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारलाई हरेक प्रकारको सहयोग दिन तयार रहेको धारणा राखेका छन्।

प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिँदै साथ सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्। वार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले ट्विटमा नेपाल सरकारको प्रयासमा भारतको अटल समर्थन रहने दोहोर्‍याएका छन् र नेपाल राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।