काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा २ हजार ५५० रुपैयाँ रहेको चाँदी बिहीबार घटेर २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुन र चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा उतारचढाव र विनिमय दरको प्रभावमा नेपालमा पनि परिवर्तन हुने गरेको छ।









