काठमाडौं — साउन महिनामा बैंक तथा वित्तीय संस्थाबाट कुल ३ अर्ब ८३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार साउन मसान्तसम्म कुल सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन असार मसान्तको १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँभन्दा बढि हो।

विशेषगरी, १ करोडमाथिका सेयर कर्जा १ खर्ब १ अर्ब ८० करोड पुगेको छ। ५० लाखदेखि १ करोडसम्मको कर्जा १६ अर्ब ९१ करोड, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १७ अर्ब ८ करोड, र २५ लाखमुनिको कर्जा ८ अर्ब ७२ करोड रुपैयाँ प्रवाह भएको छ। साउनमा २५ लाखमुनिको सेयर कर्जा ६.७ प्रतिशतले वृद्धि भएको छ।









