भाद्र ७ पोखरा : मल्लाज कालन्जर सेवा समाज पोखराले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर शुभकामना आदान प्रदान एवम् तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

यही भाद्र ६ गते शुक्रबारका दिन पोखरा महानगरपालीका वडा नम्बर ८ स्थित साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आमा दिदी बहिनिहरुलाइ आमन्त्रण गरिएको थियो। कार्यक्रममा उदय प्रसाद सुवेदी,गोबिन्द पौडेल, तारा प्रकाश सुबेदी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने सस्थाका सस्थापक अध्यक्ष नारायण प्रसाद सुवेदी बिदेश भ्रमणमा रहेको कारण ओभरसिजबाटै बिद्दुतीय माध्ययम मार्फत आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो। सस्कृतिक जगेर्ना,नारी शशक्तीकरण र सकरात्मक चिन्तन तर्फ अझ अगाडि बढ्नुपर्नेमा बक्ताहरुले जोड दिनुभएको थियो।
यसैगरी सास्कृतिक प्रस्तुती तर्फ क्रमश पुजा सुबेदी,सरस्वती शर्मा र कौशिला जि सि ले उत्कृस्ट स्थान हासिल गर्नुभएको थियो। समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्रेम शर्मा सुवेदी र जगत बहादुर खत्रीलाइ जेष्ठ नागरिक सम्मान गरिएको थियो। सस्थाका अध्यक्ष बिबेक पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको सन्चालन सचिब डिल्लिरम रेग्मीले गर्नुभएको थियो भने उपाध्यक्ष कौशिला जिसिले स्वागत मन्तब्य राख्नुभएको थियो।









