२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

विन्दुवासिनी संस्कृत विद्यापीठमा अनुसन्धान विधि तालिम सुरु

पोखरा ।

विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पाँच दिवशीय अनुसन्धान विधि शुक्रबारदेखि तालिम सुरु भएको छ । विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइ (च्ःऋ) को आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले उच्च शिक्षामा तथा नीति निर्माणमा अनुसन्धान पद्धतिको बढ्दो महत्वमाथि जोड दिनुभयो ।

यस्ता कार्यक्रमहरूले शैक्षिक उत्कृष्टता सुदृढ गर्नुका साथै नवप्रवर्तनमा टेवा पु¥याउने उहाँले बताउनुुभयो । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्रा. डा. चुडामणि कडेलको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा विद्यापीठका पूर्व प्राचार्य प्रा. श्रीराम वराल, निवर्तमान प्राचार्य प्रा. डा. जगन्नाथ रेग्मी, अंग्रेजी विभागका विभागीय प्रमुख प्रा. सत्यराज सुवेदी, प्राचार्य सहप्रा. आनन्दमणि रिजाल लगायतले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

समारोहमा पोखरास्थित पृथ्वीनारायण, कन्या, कालिकालगायत क्याम्पसका प्राध्यापक, विद्यापीठमा कार्यरत प्राध्यापक, कर्मचारी विद्यार्थीको उपस्थिति रहेको थियो ।उद्घाटन पश्चातका छुट्टाछुटै सत्रमा प्रा. श्रीराम बराल र सहप्रा. डा. भोलानारायण रेम्मीले अध्यक्षता गर्नुुभएको थियो भने पृथ्वीनारायण क्याम्पसका अंग्रेजी शिक्षा विभागका विभागाध्यक्ष सह प्रा. डा. नवराज न्यौपाने र पिण्डेश्वर विद्यापीठको व्याकरण विभागका सहप्रा. डा. भवानीशंकर भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

आगामी वैशाख ३० गतेसम्म चल्ने तालिममा प्राज्ञिक अनुसन्धान विधिसम्बद्ध १० कार्यपत्र प्रस्तुति र कार्यशालाहरू सञ्चालन हुनेछन् ।
अनुसन्धान व्यवस्थापन इकाइका सदस्य सचिव उप. प्राध्यापक प्रकाश पौडेलद्वारा सञ्चालित कार्यक्रमका सहभागीलाई अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सहप्रा. डा. योगराज पौडेलले स्वागत गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।