२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

गण्डकी कोटीहोम ११ हजार बृहत शोभा कलश यात्रामा १५ हजार भन्दा बढी भत्तजनको सहभागीता : फोटो फिचर

बैशाख १६ पोखरा :  मानवसेवा फाउण्डेशनको आयोजनामा यही वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन भई जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा बिशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ ।

बृहत शोभा कलश यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै  गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो । कलश यात्रामा चर्चित कथा बाचिका देवी प्रतिभाको समेत सहभागिता रहेको थियो ।

शान्तिघाट नयाँबजार बाट शुरु हुने भनिएको शोभा कलश यात्रा बृहत भएका कारण एक ठाउँबाट असम्भव भएकाले सहजताको लागी हरिहर मन्दिर महतगौडाबाट समेत शोभा कलशयात्रा शुरु गरिएको गण्डकी कोटीहोम मुल आयोजक समितिका महासचिव गिरिराज अधिकारीले जानकारी दिनुभएको छ ।

मानवसेवा फाउण्डेशन नेपालले ११ हजार शोभा कलशयात्रा तयार गरे पनि १५ हजार भन्दा बढी पोखरेली, गण्डकी बासि तथा नेपालका बिभिन्न ठाउँहरुबाट पनि बृहत कलश शोभा यात्राको लागी पनि भत्तजनहरुको उपस्थित रहेको थियो ।
पोखरामा आयोजना गरिएको गण्डकी कोटीहोम सम्पन्नमा देखिएका बिभिन्न चुनौतीहरु पार गर्दै गण्डकी कोटीहोम उद्घाटनको पूर्वधन्यामा आयोजित बृहत शोभा कलश यात्राले यति बेला पोखेली हुनुमा गर्व महसुस भएको विभिन्न संघ संस्थाले जनाएका छन् । मंगलबार पोखरावासीहरुमा देखिएको उत्साहले अहिलेसम्म पोखरामा यस्तो कुनै पनि कार्यक्रम नभएको र हुन पनि नसक्ने पोखरावासीहरुको अनुमान रहेको छ ।

अछाम जिल्लाको साँफेबगरवाट गण्डकी कोटीहोम बृहत कलश यात्रामा सहभागि हुन आएका १० जना टोलिका प्रमुख गंगाराम बुढाले पोखराका देवी प्रतिभा, अनुराधा पाण्डे जस्ता कलियुगका भगवानको उपस्थितीमा सम्पन्न कोटीहोमको लागी सवै एकजुट हुनुपर्ने बताए ।

पोखरा लेकसाईडका बरिष्ठ पर्यटन व्यवसायीहरु हिजो लेकसाइड क्षेत्रमा कोटीहोम हुनुहुदैन भनेर अर्काको उक्साहटमा लाग्दा आज पछुतो महसुस भएको बताएका छन् यस्तो उत्कृष्ट कार्यले विश्वको नजर यति बेला पोखरामा भएको पोखरामा लाखौ आन्तरीक पर्यटकहरु आउदा हामी आफैलाइ अमृत समान हुने कुराबाट हामी आफै बज्चित भएको बताउँदै कोटीहोम सफल पार्न सम्पूर्णलाइ आग्रह समेत गरेका छन् । लेकसाईडमा कोटीहोम हुनुहुदैन भनेर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने पात्र म पनि एक हुम तर आज आफ्नो नाम बताउन लाज भएको बताउँदै यो बृहत शोभा कलशयात्राको रौनकले अत्यन्तै मन खुसि भएको बताएका छन् ।

मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बृहत साईकल र्याली, बैशाख १२ गते बृहत ट्याक्सी र्याली, बैशाख १३ गते बृहत मोटरसाईक र्याली गर्दै मंगलबार बैशाख १६ गते बृहत ११ हजार कलश शोभायात्रा सम्पन्न गरेको छ ।

यति बेला पोखरामा कुम्भ मेलाको रौनक देखिएको छ । नेपालका विभिन्न जिल्लाबाट धार्मिक तथा सामाजिक अभियान्ताहरु, योगी, साधुसन्तहरु, धार्मिक गुरुहरु, विभिन्न प्रदेशका जनप्रतिनिधिहरु, बरिष्ठ पत्रकारहरु, ठुला, ठुला युथटुवर च्यानलका संचालकहरु पोखराको बिरौटामा जमघट भएको देखिन्छ ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्‍यालीले पोखरावासी माझ महायज्ञको सन्देश पुर्‍याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्वपूर्ण योगदान पुर्‍याएको र्यालीमा सहभागी सम्पूर्णलाइ धन्यवाद दिनुभएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।