२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

गण्डकी कोटीहोममा बैशाख १६ गते ११ हजार शोभा कलश यात्रा हुने

मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि जेठ २६ गतेसम्म सम्म चल्ने गण्डकी कोटीहोममा महायज्ञ प्रचार प्रसारकाको लागी बैशाख १६ गते विहान ७ बजे बिशाल कलशयात्रा हुनेभएको छ । ।
शोभा कलश यात्रा सोमबार साँझ ११ हजार कलश सजाइने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल शोभा कलश यात्रा गरिने लागेको कोटिहोम महायज्ञका संकल्पकर्ता विजय श्रीकृष्ण मूर्तीले जानकारी दिए।
शोभा कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त शोभा कलश यात्रामा गंगाको जलसँगै ११ हजार कलश रहने छन् ।
शोभा कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश १ हजार ३ र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मुल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।
शोभा कलश यात्रालाई सफल बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले जानकारी दिइन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।