बैशाख १४ पोखरा : अन्तर्राष्ट्रिय प्रसिद्ध श्रीमद्भागवत वाचिका देवी प्रतिभा आमा औसीका दिन बुद्धाश्रम पुग्नु भएको छ । पोखराको महतगौडामा अवस्थित बुद्धाश्रमको अवलोकन पश्चात उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न लगायत आवश्यक सामग्री वितरण भएको छ । उहाँले आश्रमा रहेका बृद्धाहरुको स्वास्थ्य बारे चासो समेत राख्नु भएको छ ।

बुद्धाश्रम अवलोकनका क्रममा उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र हेरचाहको महत्त्वमाथि जोड दिँदै गर्दा आश्रमका सञ्चालक तथा स्थानीय समुदायले उहाँको सहयोग र सक्रियताको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई मानसिक र भावनात्मक हौसला प्रदान गर्ने देखिन्छ ।
स्याङ्गजा घर बताउने आफन्त भएर पनि आश्रय लिनु पर्ने बाध्यता भएकी एक आमा भन्नुहुन्छ पोखरा बृद्धाआश्रमको आश्रय लिदै गर्दा आज देवी प्रतिभाको दर्शन र मायाले २ बर्ष बढी बाच्ने साहस प्रदान भएको छ । हर्षिद हुँदै आमा भन्नुहुन्थ्यो आज आमा औशी मेरी छोरी देवी प्रतिभाको रुप लिएर मलाइ भेट्न आउनु भयो । आमाका आँखामा आँशुका ढिल्का टलपल टलपट देखिन्थे ।
पोखरामा ४१ दिनसम्म निरन्तर सञ्चालन हुने गण्डकी कोटिहोम महायज्ञले यति बेला ध्यान आकर्षित गरेको छ । वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको उक्त महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर सहभागी हुन आह्वान गरिएको छ । नेपाल कै कान्छी भागवत बाचिका अनुराधा पाण्डे, अन्तर्राष्ट्रिय प्रसिद्ध श्रीमद्भागवत वाचिका देवी प्रतिभा देवीले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचन गर्ने तयारी रहेको छ ।
महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन् । आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ । आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।
गण्डकी कोटिहोममा दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आएकी देवी प्रतिभाको पछिल्लो सामाजिक र धार्मिक सक्रियताले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।









