२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

गण्डकी कोटीहोममा अन्तर्राष्ट्रिय कथा वाचक, वाचिकाहरु एउटै मञ्चमा भेला

रोहित वस्नेत
बैशाख ५ पोखरा :  मानवसेवा फाउण्डेशनद्वारा पोखराको बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा शुक्रबार चर्चित कथा वाचक, बाचिकाहरु एउटै मञ्चमा भेला भएका भएका छन् ।

अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा जी, प्रसिद्ध कथा प्रवक्ता शितल कृष्ण महाराज जी, नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय जी, प्रख्यात वक्ता अमृत शरण देवाचार्य जी, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी जी एउटै मञ्चमा भेला भएका हुन ।  

फाउण्डेशनले आयोजना गरेको उक्त कोटीहोम श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको थियो ।

कोटीहोममा कथा वाचनकालागि आज देवि प्रतिभा भारतबाट आफ्नै अंगरक्षक र वाद्यवादनको टोलीसहित पोखरा आइपुग्नुभएको छ । उहाँलाई  पोखरामा स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

ठुलो सुरक्षा सहित पोखरा आएकी प्रतिभाले २ साता कथावाचन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच कथावाचक अनुराधालाई आजै बिदाई गरिएको छ । अनुराधाले गत बिहीबारदेखि महायज्ञस्थलमा श्रीमद्भागवत कथा प्रवचन गर्नु भएको थियो । उहाँको कथा सुनेर पोख्रेलीहरु दङ्ग परेको थिए ।

भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराजले बैशाख ४, ५ र ६ गते कथा बाचन गर्नुहुनेछ र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरी जी पनि कोटीहोमा लगातार कथा बाचन गर्ने कार्यक्रम रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।