२०८३ श्रावण १२ मंगलवार
२०८३ श्रावण १२ मंगलवार

तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवल सुरु

पोखरा ।
तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवलमा साविकको बिजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा शुरुवात गरेको छ । सोमबार देखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले लेकसाईड भेट्रान्सलाई ४–० गोलले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो ।

प्रतियोगितामा ढोलाहिटीको तर्फबाट कृष्ण मालाकारले ४ गोल गरेका थिएभने प्रतियोगितामा प्लेयर अफ द म्याच समेत मालाकार नै घोषित भए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बरावरीमा खेल सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गर्यो । उक्त खेलमा प्लेयर अफ दी म्याचको उपाधि एक्स वरियरका राम लक्ष्मण भुजेलले हात पारे ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो क्लब अमरसिंह व्वाइज क्लबले भेट्रान फुटवल प्रतियोगिताको आयोजना गरी प्रौढ उमेरमा समेत युवाहरुको जस्तै जोश जाँगर निकाल्नका लागि प्रत्यत्न गरेकोमा आयोजकलाइ धन्यवाद ब्यक्त गरे । महानगरले पोखरा भ्रमण वर्ष घोषणा गरेर अगाडी वढिरहदा पोखरामा दिनहुँजसो आयोजना हुने विविध कार्यक्रमले पोखरामा पर्यटन भित्रयाउन सफल भएको बताउदै एबिसी क्लबले समेत आयोजना गरेको खेलकुद प्रतियोगितामा नेपाल भरका १० टीमको सहभागीता भइरहदा आन्तरिक पर्यटनमा थप टेवा पुगेको बताए ।

१० टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछनभने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।प्रतियोगितामा मंगलबार ४ खेल हुनेछन । मंगलबार पहिलो खेल एक्स वरियर र हेटौडा भेट्रान्स, दोश्रो खेल चितवन भेट्रान्स र संगम भेट्रान्स, तेश्रो खेल ढोलाहिटी भेट्रान्स र एसएनकेसी भेट्रान्स र चौथो तथा अन्तिम खेल कालिका स्पोर्टिङ क्लव रुपन्देही ११ र बगर भाइखलकबीच हुनेछ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।