२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न मुल आयोजक समिति गठन

रोहित वस्नेत

चैत्र २४ पोखरा :  यही बैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरामा आयोजना गर्ने कोटीहोमको तयारी तीब्ररुपमा अगाडी बढेको छ ।

पोखरा–१७ स्थित बिरौटामा आयोजना हुने महायज्ञलाई सफल पार्न मानवसेवा फाउण्डेशनले आज संकल्प सभा सम्पन्न गरेको छ ।

आयोजकले कोटीहोम सफल बनाउनको लागी ८ समिति समेत गठन गरेको छ । गठित समितिमा मार्गनिर्देशन मण्डल, प्रमुख संरक्षक समिति, वरिष्ठ संरक्षक समिति, वरिष्ठ सल्लाहकार समिति, सल्लाहकार समिति, मूल आयोजक समिति र कानूनी सल्लाहकार समित रहेका छन् ।

यसैगरि संकल्पकर्ता  बालयोगेश्वर बिजयकृष्ण मुर्तीले ५ हजार १०१ महायज्ञ मूल आयोजक समिति गठन गर्नुभएको छ । समितिमा संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्यहरु समावेश रहेका छन् ।

४१ दिनसम्म निरन्तर हवन हुने कोटीहोममा भक्तजनलाई घ्यु, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ ।

कोटीहोमस्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण गर्ने पहिला भूमिपुजन गरेको बाराहीघाटमा क्षमापुजा गर्ने आयोजकले जनाएको छ । कोटीहोममा कान्छी बाचिका नेपाली चेली अनुराधा पाण्डेय, देवि प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन आयोजकले जनाएको छ ।

 संकल्प सभामा कोटीहोमलाई विभिन्न धार्मिक ब्यक्तिले सहयोग राशीको घोषणा गरेका थिए सहयोगीहरुलाई सम्मान गर्दै आयोजकले उनीहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।

बालयोगेश्वर विजयकृष्णमुर्तिले कोटीहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण एवं शान्ति तथा समृद्धि रहेको बताउँदै गण्डकी प्रदेशलाई विश्व सामु चिनाउने बताउनु भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।