रोहित वस्नेत

चत्रै २२ पोखरा: पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको ७५ प्रतिशत तयारी पुरा भएको छ । कोटीहोम शंकल्पकर्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनको आयोजनामा यही बैशाख १७ गते देखि जेष्ठ २६ गते सम्म हुने कोटीहोम महायज्ञको तयारीको ७५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमा नै सकिने छ ।
कोटीहोम अवधिमा भारतका विश्व प्रशिद्ध गुरु शंकराआचार्य लगायत महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी सँगै साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन हुने कार्यक्रम छ ।
चैत्र २८ गते विश्व कै कान्छी भागवत बाचिका ९ वर्षकि गुल्मेली चेली अनुराधा पाण्डे पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । ९ बर्षको उमेरमा काठमाडौँमा सम्पन्न पशुपति कोटीहोममा भागवत कथा बाचन गरेर चर्चामा आएकी अनुराधाले,देवघाटको मुक्तिनाथ आश्रम र धनगढीमा ठुलो संख्याका भक्तजनसामु भागवतकथा बाचन गरिसकेकी छन। अहिले १० बर्ष उमेर पुगेकी अनुराधाले पोखराको कोटीहोम महायज्ञमा चैत्र ३० गतेबाट बैशाख ५ गतेसम्म भागवत कथा बचन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी बैशाख ५ गते प्रसिद्ध कथा वाचिका देबी प्रतिभा पोखरा आउने र उनले बैशाख १८ गतेसम्म कथा बाचन गर्ने भएकी छन । महायज्ञमा सहभागी हुन भारतका प्रख्यात र शक्तिशाली धर्म गुरुहरु मध्येका आचार्य महामण्डलेश्वर बैशाख १७ गते पोखरा आएर यज्ञको पुर्बांग गर्ने तयारी भैरहेको समेत महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले बताउनु भएको छ ।
भारतका शक्तिशाली मानिने बाघेश्वर बाबालाई समेत पोखराको कोटीहोम महायज्ञमा सहभागी गराउने बारे आबश्यक पहल भैरहेको बताउनु भएको छ ।
अन्य धेरै धार्मिक व्यक्तित्वहरुलाई पोखराको कोटीहोममा सहभागी गराउन आफ्नो तर्फबाट प्रयास भैरहेको जानकारी दिनुभयो बिजय कृष्णमुर्तीका अनुसार सबैजसो धर्मगुरुहरु पोखराको कोटीहोममा सहभागी बन्ने बाताबरण तयार भयो भने पोखरामा लाखौ पर्यटकहरु भित्रिने निश्चित छ। तर भारतका बाघेश्वर बाबा जस्ता प्रभावशाली धर्मगुरुहरुलाई पोखरा ल्याउन करोडौं रुपैया खर्च हुने भएकोले त्यसका लागि आबश्यक तयारी र गृहकार्य भैरहेको संकल्पकर्ता बिजय कृष्णमुर्ती बताउनु भएको छ ।
महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीका अनुसार पोखराको महायज्ञप्रति नकारात्मक प्रचार गर्नेहरुलाई समेत पुण्य मिल्ने बताउनुभएको छ । किन कि उहाँहरुले महायज्ञको नकारात्मक तरीकाले भए पनि प्रचार प्रसार बढी गर्नुभएको छ, यत्तिको प्रचार गर्दा लाखौँ, करोडौं खर्च गरेर पनि पाउनसक्ने अबस्था नभएको उहाँहरु सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।

अहिले महायज्ञको शुभकामना शन्देश दिनेहरुको बिरौटामा लर्को लागेको छ । मानव सेवा फाउन्डेसन नेपाल समेतका संस्थाहरुले बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने महायज्ञको प्रचार प्रसार लगायतका अन्य काम भने चैत्र १७ गतेबाट नै शुरु गरिएको छ । आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ गत साउनमा काठमाण्डौको पशुपति क्षेत्रमा कोटीहोम महायज्ञ आयोजना गरिएको तथा छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ । अभिभावकवीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास, वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ । आश्रममा देशका विभिन्न स्थानका अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आइरहेका छन् भने बेसाहरा, पीडित, दुखी, गरिब र आधारभूत अवश्यकताबाट बन्चित बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन् ।








