२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

अर्घाखाँची पोखरा सम्पर्क समाजमा राम प्रसाद पौडेल

रोहित वस्नेत

असार १५ पोखरा  : अर्घाखाँची र पोखरा बिच भगीनी सम्बन्ध गाँस्न सकिन्छ : मेयर आचार्य, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरा र अर्घाखाँची विच भगीनी सम्बन्ध गास्न सकिने बताएका छन् । अर्घाखाँची पोखरा सम्पर्क समाजको १८औं वार्षिक साधारण सभा तथा ९औं अधिबेशनमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्दै उक्त कुरा बताएका हुन । मेयर आचार्यले अर्घाखाँची पोखरा समाजलाई पोखरा महानगरपालिकाले सवै प्रकारको सक्दो सहयोग समेत गर्ने बताएका छन् ।  अर्घाखाँचीको परिचयसहित स्थानीय तहले छनोट गरेका जिल्लाका १९ वटा पर्यटकीय स्थलमध्ये धार्मिक, ऐतिहासिक, पर्यटकीय संरचना सहित डाँडाकाँडा रहेका छन् । अर्घाखाँचीमा सबैभन्दा धेरै धार्मिक पर्यटक दर्शनको लागि सुपादेउराली मन्दिरमा आउँछन् । पछिल्लो समय यो मन्दिर प्रख्यात छ । भारत र नेपालका टाढाटाढाबाट दैनिक ५ सय देखि एक हजारजना सम्म तीर्थालु दर्शनको लागि सुपादेउराली मन्दिरमा आउँछन् । पर्यटनको लागि नेपालमा अनुपम प्राकृतिक सौन्दर्य, अद्धितीय पर्यटकीय क्षेत्रको विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ।

समाजको ९औं अधिबेशनवाट राम प्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् । यसै गरि बरिष्ठ उपाध्यक्षमा बाबुलाल पाण्डे, प्रथम उपाध्यक्षमा ईन्द्र बहादुर कुँवर, द्धितियमा शोभाखर पाण्डे, समाजको महासचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा कृष्ण प्रसाद पाण्डे (स्टार)  सचिवमा नमराज पाण्डे, उप—कोषाध्यक्षमा खिमलाल बरायली चयन भएका छन् । यसै गरि समाजको सचेतकमा सिता पन्थी र उप—सचेतकमा गोमा आचार्य चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा  राम प्रसाद पाण्डे, अर्जुन अधिकारी, कृष्ण प्रसाद पाण्डे (आईटी), नारायण पाण्डे, नारायण क्षेत्री, कमला खनाल, मिरा गौतम, तेजनिधि अधिकारी, रमेश पाण्डे, कमल पौडेल, मान बहादुर ताम्राकार र गोबिन्द भुसाल चयन भएका छन् ।

समाजले बार्षिक साधारण सभा र अधिबेशनको अवसर पारेर समाजलाई विधिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न बिधा ज्येष्ठ नागरीक, आजिवन सदस्य, युवा सम्मान तथा पत्रकारीतामा समेत योगदान गर्नेलाई समेत सम्मान गरेको थियो ।

अर्घाखाँची जिल्लादेखि बसाइँसराई, व्यवसायिक र रोजगारीको सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले २०६३ साल देखि विधिवत रुपमा दर्ता भइ सुरु भएको हाल सम्म ३०० जना भन्दा बढी आजिवन सदस्य र तिनका परिवार सहित गर्दा लगभग १२०० भन्दा बढी रहेका छन् ।

समाजले यो कार्यकालमा उत्कृष्ट कार्यहरु  गरेको छ । अर्घाखाँची र पोखरालाई जोड्ने विभिन्न कार्यहरु जस्तै प्रशिद्ध सुपादेउरालीमा डिजिटल वोर्डको स्थापना, विधान सम्सोधन, समाजको कार्यालयको स्थापना, समाज दर्ताको लामो समय पछी आन्तरीक राजश्व कार्यालयमा पान दर्ता, बृहत रक्तदान कार्यक्रम, समाजको बार्षिक उत्सवमा विपन्न बर्गका विद्यार्थिहरुलाई न्यानो कपडा वितरण, मानवसेवा फाउण्डेशनको आजिवन सदस्यता संस्कृतिको जर्गेना गर्ने उदेश्ययले देउसी भैलो कार्यक्रम लगायत समाजले सदा झै गर्ने बार्षिक कार्यहरुको निरन्तरता दिएको थियो ।

अध्यक्ष दधिराम खनालको २ बर्षे कार्यकालमा समाजले आर्थिक फड्को मार्न समेत सफल भएको देखिन्छ साथै विभिन्न क्षेत्रमा रहेका अर्धाखाँचीबाट पोखरामा आइ बसोवास गर्ने करिव १०० भन्दा बढीलाई आजिवन सदस्यता प्रदान गरिएको छ । समाजका अध्यक्ष दधिराम खनालले अहिले सम्मकै उत्कृष्ठ समाजका भावि सन्ततीलाई एउटा दस्ताबेज तयारी पारी नयाँ समितिलाई हस्तान्तरण समेत गर्नुभएको थियो । 

समाजका विशिष्ट अतिथि निति तथा योजना आयोग गण्डकी प्रदेशका सचिव टंक प्रसाद पाण्डेय, निति तथा योजना आयोगका उप -सचिव अर्घाखाँचीकी चेली गिता घिमिरे, धादिङ्ग पोखरा समाजका अध्यक्ष सरस्वती श्रेष्ठ, गुल्मेली समाजका अध्यक्ष कमल न्यौपाने, स्याङ्गजाली सम्पर्क सदनका उपाध्यक्ष पत्रकार कमल पौडेल अथक, बर्दिया समाजकी अध्यक्ष पुष्पा मरासिनी, मेडिप्लस हस्पीटलका संचालक डा. सरोज पोख्रेल लगायतले शुभमामना मन्तब्य दिएका थिए ।

अर्घाखाँची पोखरा  समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डे, समाजका निबर्तमान अध्यक्ष चेतनारायण पाण्डे, अर्घाखाँची समाजका शुभचिन्तक हरि शर्मा गैरे, आजिवन सदस्य नारायण पन्थी, आजिवन सदस्य लक्ष्मी पाण्डेले अव बन्ने नयाँ कार्यसमितिलाइ शुभकामना दिएका थिए ।

निर्वाचन संयोजक डा. पिताम्बर पौडेलले नव निर्वाचित टिमलाई खादा माला लगाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

समाजका बरिष्ठ उपाध्यक्ष राम प्रसाद पौडेलले स्वागत मन्तब्य दिएका थिए भने प्रथम उपाध्यक्ष बाबुलाल पाण्डेले कार्यक्रम समापन गरेका थिए । समाजका महासचिव ईन्द्र बहादुर कुँवर कार्यक्रम चलाएका थिए ।

 

 

 

 

 

 

 

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।