गण्डकी प्रदेशको मुख्य आकर्षण रहेको भनिएको पोखरा-१७ स्थित बिरौटामा वैशाख १७ गते शुरु भएर जेठ २६ गतेसम्म आयोजना भैरहने भन्दै व्यापक प्रचार गरिएको कोटिहोम सफल भएको घोषणा शङ्ख फुकेर गरिएको छ ।

सभ्य-भव्य रूपमा दैनिक लाखौं भक्तजनहरुको उपस्थितिमा आयोजना भैरहेको ऎतिहासिक श्री गण्डकी सय कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ लाई अग्निचक्र राष्ट्रिय मासिकले लगातार ४ पटक विशेषाङ्क प्रकाशित गरेर साथ दिइरहेको पाइएको छ ।
यत्ति ठुलो कोटिहोम कार्यक्रमको अग्निचक्रले मात्रै विशेष-अङ्क प्रकाशित गरेको हो । सनातन क्षेत्रमा यज्ञ-शिरोमणि भनेर चिनिएका धर्म-सम्राट तथा बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोमलाई अग्निचक्र मासिकले गत २०८१ फागुन-अङ्कदेखि नै अहिले जेठ २०८२ अङ्कसम्म साथ दिएको देखिएको पाइयो ।

केन्द्रीय राजधानी-काठमाडौंबाट प्रकाशित एवं प्रेस काउन्सिल नेपालद्वारा ‘क’ वर्गमा वर्गीकृत अग्निचक्र राष्ट्रिय मासिक पत्रिका १६ वर्ष ११ महिनादेखि लगातार प्रकाशित भैरहेको छ । अध्यात्म-प्रधान मासिक पत्रिकाको रूपमा अग्निचक्र मासिक प्रकाशित भैरहेको हो ।
वैदिक सनातन धर्मको प्रवर्द्धन र रक्षाका लागि गण्डकी कोटिहोममा आएका भक्तजनले अग्निचक्र निस्शुल्क पढ्न पाइने र लैजान सकिने कुरा पोखरा, बिरौटा स्थित कोटिहोम परिसरमा भेटिएका मानव सेवा फाउन्डेसनका एक कर्मचारीले बताए ।

अग्निचक्रले फागुनको अङ्कलाई ‘श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क’ को नाम दिएर प्रकाशित गरेको थियो भने चैतको अङ्कलाई ‘शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कू नाम दिएर प्रकाशित गरेको थियो । त्यस्तै अग्निचक्र मासिकले वैशाख २०८२ को अङ्कलाई ‘कोटिहोम-महायज्ञ-विशेषाङ्क-२०८२” कभर पेजमा नै नाम दिएर प्रकाशित गरेको थियो भने अहिले अन्तिम पटक चाहिँ अग्निचक्रले ‘श्री-गण्डकी-कोटिहोम-बिरौटा-पोखरा, यज्ञ-शिरोमणि-विशेषाङ्क-जेठ-२०८२’ को रूपमा कभर पेजमै नाम दिएर प्रकाशित गरेको छ ।

यज्ञ-शिरोमणिको गण्डकी कोटिहोम बारेमा ४ पटकसम्म लगातार विशेषाङ्क प्रकाशित गर्ने अग्निचक्र मासिक परिवारलाई हार्दिक धन्यवाद छ । जय-श्री-गण्डकी-कोटिहोम ! महायज्ञ संकल्पकर्ता महाराज जीको जय भैरहोस् !! ॐ !!









