बैशाख १२ पोखरा : मानवसेवा फाउण्डेशनको आयोजनामा यही वैशाख १३ गते शनिवार विहान ७ बजे बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन भई जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार प्रसार तथा यज्ञको सफलताको लागी बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।

कोटिहोम विराट ज्ञान महायज्ञ २०८२को पूर्वसन्ध्यामा हुन लागिरहेको मोटरसाइकल र्याली बिरौटा कार्यक्रम स्थलबाट शुरु भएर बिरौटा चोक, ड्याम साइड, राष्ट्र बैंक चोक,लेकसाइड, हलन चोक, जिरो कि।मी, मालेपाटन, हरीचोक, बगर चोक, पी।एन। क्याम्पस गेट, नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवी १३ नं वडा कार्यालय, कुडहर, मियापाटन, अमरसिंह चोक, वीरेन्द्र चोक, राम बजार, बुद्ध चोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक ,बिरौटाचोक हुंदै पुनः कार्यक्रम स्थलमा बिरौटामा पुगेर समापन गरिनेछ महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले बताउनु भएको छ ।
महायज्ञको प्रचार–प्रसार र धार्मिक, सामाजिक सद्भाव, सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताका लागि आयोजना गरिएको बिशाल मोटरसाईकल र्यालीमा सम्पूर्ण पोखरेलीहरुलाइ सहभागीताको लागी हार्दिक अनुरोध गर्नुभएको छ ।
मानवसेवा फाउण्डेशनले बैशाख ११ गते आयोजना गरिएको बृहत साईकल र्यालीमा १०० औं पोखरेलीहरुको सहभागिता रहेको थियो, यसैगरि फाउण्डेशनले महायज्ञको प्रचारको लागी बेशाख १२ गते बृहत ट्याक्सी र्याली समेत सम्पन्न गरेको छ र्यालीमा सहभागी ट्याक्सी चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दा र दर्शकहरूले र्यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए । र्यालीका क्रममा पोखराको सडकमा धार्मिक भजन र सन्देशमूलक नाराहरू गुञ्जिएका थिए ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि मानवसेवा फाउण्डेशनले यहि बैशाख १४ गते फेवातालमा डुङ्गा र्यालीको आयोजना समेत गरेको छ । बैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने कोटीहोम महायज्ञको बैशाख १६ गते १२ हजार पैदल बृहत कशलयात्रा सम्पन्न गर्नेछ । शान्तिघाट सेतीनदी बाट ल्याइएको शुद्ध जल महायज्ञको बेदिमा राखि बिद्धिवतरुपमा पुजाको शुभारम्भ गरिनेछ । कोटीहोम महायज्ञमा कथा सुन्ने तथा महायज्ञका विभिन्न कार्यक्रममा सहभागी प्रसाद स्वरुप सेवन गर्नाले आरोग्य भै जिवनमा आउने कठिन समय पनि समान्य हुने गरेको विभिन्न धार्मिक गुरुहरुवाट सुनिदै आएको छ ।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले पोखरावासी माझ महायज्ञको सन्देश पुर्याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको र्यालीमा सहभागी सम्पूर्णलाइ धन्यवाद दिनुभएको छ ।









