बैशाख ११ पोखरा : मानवसेवा फाउण्डेशनको आयोजनामा यही वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन भई जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तीव्र पारिएको छ । महायज्ञको पूर्वसन्ध्यामा बैशाख ११ गते बिहीवार बिशाल साइकल रयाली सम्पन्न भएको छ । महायज्ञको प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बिशाल साइकल रयाली आयोजना गरिएको थियो । बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर बृहत साइकल र्याली सम्पन्न भएको छ । उक्त साईकल र्यालीमा १०० औं जना पोखराबासीहरुको सहभागीता रहेको थियो ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार यही बैशाख १२ गते शुक्रबार विहान ७ बजे बृहत ट्याक्सी र्यालीको आयोजना गरेको बताउनु भएको छ ।
ट्याक्सी र्याली कोटिहोम स्थल बिरौटाबाट शुरुहुने ट्याक्सी र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक नागढुङ्गा, मुस्ताङ्गचोक पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर बृहत ट्याक्सी र्याली सम्पन्न हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले बताउनु भएको छ । उहाँ उक्त ट्याक्सी र्यालीमा सम्पूर्ण पोखरेलीहरुलाइ सहभागीताको लागी हार्दिक अनुरोध गर्नुभएको छ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि मानवसेवा फाउण्डेशनले यहि बैशाख १३ गते मोटसाइकल र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा सम्पन्न गर्नेछ ।









