रोहित वस्नेत : बैशाख ३ पोखरा :

पोखरा महानगरपालिकाको बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन सम्पन्न भएको छ ।
यस अघि मानवसेवा फाउण्डेशनले केहि समय पहिला बाराहीघाट नजिकको जग्गामा कोटीहोम महायज्ञ संचालन गर्न भुमीपुजन गरेको थियो । भुमीपुजन भैसकेको फेवाकिनारको जग्गामा कोटीहोम संचालन गर्न पोखरा महानगरले बिभिन्न कारण देखाउदै अनुमति नदीएपछी कोटीहोम आयोजकले स्थान परिबर्तन गरी पोखराको बिरौटामा कोटीहोम संचालन गरिसकेका छन् ।
बुधवार कोटीहोम आयोजकले एकै दिन लेकसाईडमा क्षमा पुजा, कोटीहोम स्थल विरौटामा भूमीपुजा तथा यज्ञ कुण्ड खन्ने काम सम्पन्न गरेको कोटीहोमका संकल्पकर्ता बाल योगेश्वर बिजय कृष्णमुर्ती महाराजले जानकारी दिनुभएको छ ।
भूमी पुजा कार्यक्रममा वडा नंं १७ का वडा अध्यक्ष राधिका शाहीले कोटीहोम सफलताको लागी सम्पूर्ण वडावासि सकारात्मक तरिकाले अगाडी बढीरहेको बताउनुभएको छ । वडा अध्यक्ष शाहिले कोटीहोम विभिन्न कारणबाट वडा नंं १७ मा सञ्चालन हुन पुगेकोमा हामी अत्यन्तै खुशी छौं । यसलाई सफल पार्नको लागि हामी सवै पक्षबाट सकारात्मक भएर लागिरहेका छौ ,पोखरामा कोटिहोम महायज्ञले समाजमा भएका विकृती र विसंगतीहरुलाई अन्त्य गर्दै कोशेढुङ्गा साबित भएको समेत बताउनु भएको छ ।
अहिले कोटिहोम महायज्ञमा नेपालकै कान्छी बाचिका अनुराधा पाण्डेले कथा प्रवचन गरिररहनु भएको छ । यही बैशाख ५ गते देखि भारतकी प्रख्यात बाचिका नेपाली चेली देवी प्रतिभा गण्डकी कोटीहोममा प्रवचनको लागी आउने कार्यक्रम तय भएको छ । कान्छी बाचिका अनुराधा पाण्डेले कथा प्रवचन गर्दा गण्डकी प्रदेशका धेरै जिल्लाबाट आएका भत्तजनहरुको घुईचो लागेको छ यस गर्दा गण्डकी कोटीहोम पर्यटन प्रबर्द्धनमा कोशेढुङ्गा साबित हुने देखिएको छ ।









