२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

पोखरामा हुने कोटिहोम विराट ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा

रोहित वस्नेत

चैत्र २१ पोखरा : पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको समय नजिकिंदै जाँदा महायज्ञको तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ महायज्ञस्थल नजिक सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन । महायज्ञको बारेमा चासो राख्ने भक्तजनलाई सहजहोस् भन्ने उद्देश्यका साथ महायज्ञस्थल नजिक सम्पर्क कार्यालय स्थापना गरिएको कोटीहोम शंकल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मुक्ति महाराजले जानकारी दिनु भयो ।

सदा शिबजी सिद्देश्वर हरिहर मन्दिरको नाममा रहेको करिब ३० रोपनी जग्गासहित स्थानीय बासिन्दाहरुको खाली जग्गामा महायज्ञका बिबिध गतिबिधिहरु संचालन हुनेछन् ।  

वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी युद्दस्तरमा भैरहेको र सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकका तर्फबाट धार्मिक अभियान्ता गिरिराज अधिकारीले कोरोला खवरलाइ जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा युगमा एक पटक मात्रै हुन सक्ने खालको कोटिहोम पोखरामा हुनु पोखरेलीको गौरबको बिषय हो यस्तो महायज्ञ इतिहासमा नभएको थियो नहुन सक्ला ? तर्सथ यो सूवर्ण अवसरलाइ तपाई हामी गण्डकी प्रदेश बासी हरतरहले सफल बनाउन लाग्नु पर्नेछ , पोखरालाई विश्व सामु चिनाउने यो कोटिहोम कोशेढुङ्गा सावित हुने कुरा सामाजिक अभियान्ता तुलसी दाहालले बताउनु भएको छ ।

पोखरामा हुने कोटीहोममा राधिका दासि, देवी प्रतिभा देखि कान्छी बाचीका अनुराधा पाण्डे, दिनबन्धु पोखरेल तथा अन्य कथा बाचक बाचिकाहरुले कथा बाचन गर्ने अयोजकले जनाएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।