भारतको कर्नाटक राज्यअन्तर्गत उत्तरा कन्नडको दुर्गम क्षेत्रमा प्रहरी गस्ती टोलीले गुफाभित्र दुई साना छोरीसहित एक रुसी महिलालाई फेला पारेको छ। गस्ती टोलीले गुफामा ४० वर्षीया रुसी नागरिक निना कुटिनालाई उनका दुई छोरीहरू—६ वर्षीया प्रेमा र ४ वर्षीया एम्मासहित फेला पारेको हो।

प्रारम्भिक अनुसन्धान अनुसार निना कुटिना अक्टोबर १८, २०१६ मा व्यापार भिसामा भारत आएकी थिइन्। उनलाई गोवास्थित विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले अप्रिल १९, २०१८ मा एक्जिट परमिट जारी गरेको थियो। त्यसपछि उनी नेपाल आएकी थिइन् र पुनः सेप्टेम्बर ८, २०१८ मा भारत फर्किएको खुलेको छ।









