चीनको चिलिङ शहरमा यही असार १८ देखि २३ गतेसम्म (जुलाई २ देखि ७, २०२५ सम्म) हुने प्रथम थाउलु र दोस्रो सान्डा एसिया कपमा नेपालका दुई उसु खेलाडीले सहभागिता जनाउँदै छन्।

थाउलु विधामा दीपक हमाल र सान्डाको ९० केजी तौल समूहमा शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी हुन जाने दुवै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार (जुलाई १, २०२५) मा बिदाइ गरेका छन्।
सो अवसरमा परिषद्का बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठलगायतको उपस्थिति थियो।









