रोहित वस्नेत
असार ९ पोखरा : अर्घाखाँची जिल्लादेखि बसाइँसराई, व्यवसायिक र रोजगारीको सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले २०६३ साल देखि विधिवत रुपमा दर्ता भइ सुरु भएको अर्घाखाँची पोखरा सम्पर्क समाजको १८औं वार्षिक साधारण सभा तथा ९औं अधिबेशनको अवसर पारी समाजका सदस्यहरुका परिवारमा रहेका जेष्ठ नागरीकलाइ यही असार १४ गते पोखरा महानगरपालिका वडा नं. ६, डिहीकोपाटन स्थित गार्डेन ड्रिम रिर्सोट एण्ड स्पामा सम्मान गर्ने समाजका अध्यक्ष दधिराम खनालले बताएका छन् ।

समाजले स्थापनाकालदेखि सामाजिक उत्तरदायित्व अन्तरर्गत पर्ने विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ तिजमा समाजका चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम, दशैमा शुभकामना आदान प्रदान कार्यक्रम, तिहारमा देउसी भैलो कायक्रम तथा अन्य समयमा कहिले बृद्धाआश्रमलाई सहयोग, कहिले गरिव तथा जेहेन्दार बिधार्थीलाइ न्यानो कपडा र स्टेशनरी वितरण, कहिले बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्यमा अर्घाखाँची समाज पोखरामा उत्कृष्ट बन्दै गएको छ । स्मरण रहोस : पोखराका लागि अघाँखाँची वासीहरु उर्जा हुन् ।
ज्येष्ठ नागरिक :…
भनिन्छ, ज्येष्ठ नागरिक जीवित पुस्तकालय हुन्, जति पढ्यो उति ज्ञान मिल्छ जसले आफ्नो जीवनको अमूल्य समय परिवार, समाज र राष्ट्रको सेवामा समर्पण गरेर अनुभव आर्जन गरेका हुन्छन् । कामले परिपक्व र विचारमा दृढ व्यक्ति नै ज्येष्ठ नागरिक हुन्। मानव जीवनका विभिन्न अवस्थामध्ये बृद्धावस्था एक हो, अर्थात् बृद्धाबस्था आउनु जैविक प्रक्रिया हो। समाजका अग्रज, मार्गदर्शक तथा पथप्रदर्शक ज्येष्ठ नागरिकमा अनुभव र परिपक्वताले गर्दा कुनै पनि विषयको गहिराइसम्म पुग्नसक्ने क्षमता हुन्छ ।
लामो समयसम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागि ज्येष्ठ नागरिकबाट जीवनोपयोगी शिक्षा मिल्छ । आजका युवाले के बुझ्नु जरुरी छ भने, अहिलेका ज्येष्ठ नागरिक भनेका हिजोका युवाशक्ति हुन् ।
उमेर बढ्दै जाँदा बूढ्यौली अवस्थामा पुग्दा शारीरिक कमजोरी देखिनु, अशक्तता आउनु तथा सहाराको आवश्यकता पर्नु स्वाभाविक प्रक्रिया हो । अहिले कतिपय अवस्थामा ज्येष्ठ नागरिक परिवार तथा समाजबाटै अपहेलित भएको, उपेक्षित भएको देखिन्छ । यसले गर्दा उनीहरू बृद्धाश्रमको सहारा खोजिरहेका हुन्छन्, पाटीपौवामा जीवन बिताउन बाध्य छन् । त्यतिमात्र होइन आफ्नै सन्तानले बृद्ध बुबाआमाप्रतिको कर्तव्य बिर्सिएर बृद्धाश्रममा पुर्याउएको पनि हामीले देख्न पाइन्छ ।
सामाजिक संरचनामा आएको परिवर्तन, युवा पिँढीको पलायन, विज्ञानको तीव्र विकास, व्यस्त जीवन शैलीको प्रभावबाट आएको अन्तरपुस्ता फरकपनाको कारणले गर्दा हिजोको समाजका योद्धा ज्येष्ठ व्यक्तिहरूको जीवन दिनप्रतिदिन कष्टकर भइरहेको छ । इतिहासका धरोहर, अनुभव एवं प्रेरणाका स्रोतलाई बोझका रूपमा लिनु, उनीहरूप्रतिको कर्तव्य बिर्सिनु विगतका नायकहरूलाई अन्याय गर्नु हो । यस्तो व्यवहारले भोलिको पुस्ता असल बन्न मुश्किल पर्छ ।
ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन्छ । सामान्य जीवन जिउने तरिकादेखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा नै हुन्छ । उनीहरूको अन्तर्दृष्टि व्यक्तिगत विकास र सिकाइका लागि पनि बहुमूल्य हुन सक्छन् ।
ज्येष्ठ नागरिकले आफ्नो समग्र जीवनमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएकै हुन्छन् । उनीहरूको विगत र वर्तमानका योगदानलाई उचित मूल्याङ्कन गरी सम्मान गर्नाले सबैमा सकारात्मक कृतज्ञताको भावना बढ्छ । समाजमा सकारात्मक प्रभावलाई स्वीकार गर्ने परिपाटीको विकास हुन्छ ।
यस्ता ज्येष्ठ नागरिकलाई आदर, सम्मान गर्दा जीवनको बहुमूल्य पाठ एक अर्कामा प्रसारण गर्ने अवसर बढ्दै जान्छ । ज्येष्ठ नागरिकलाई गरिने सम्मानले पुस्ता पुस्ताबिचको पुल निर्माण गर्न मद्दत गर्छ । यसले विभिन्न उमेर समूहहरूबिच समझदारी र सहयोगको वातावरण सिर्जना गर्दछ । परिवार र समुदायमा एकता, शान्ति, मेलमिलापको भावना बढाउँछ ।
सम्मान र मर्यादित जीवनको अनुभवले ज्येष्ठ नागरिकको मनोवैज्ञानिक पक्षको विकासमा सकारात्मक योगदान पु¥याउँछ । एक्लोपनको जोखिम कम गर्दछ, जुन अहिले धेरै ज्येष्ठ नागरिकमा देखिने साझा चिन्ताको विषय हो ।

विश्वमा यस्तो कुनै धर्म वा समुदाय छैन, जसले ज्येष्ठ नागरिकलाई आदर सम्मान गर्ने कुरामा बिमति राख्दछ । हाम्रो सनातन धर्मले त झन् ज्येष्ठ नागरिकलाई जिउँदा देवताको सङ्ज्ञा दिएको छ । यदि धार्मिक तथा नैतिक विचारमा अडिग भएर लाग्छौ भने हामीले ज्येष्ठ नागरिकको सम्मान गर्न पछी पर्नु हुदैन ।
…यदि तपाई पनि अर्घाखाँची जिल्लादेखि विभिन्न सिलसिलामा पोखरा आएर बसोवास गरि अर्धाखाँची समाज सँग जोडिनु भएको छ भने यसैलाइ सुचनाको आधार मानेर उपस्थित भैदिनुहोला तर अझै सम्म समाज सँग जोडिनु भएको छैन भने पनि मन नअलमलाई ढुक्क भएर आउनुहोला ।









