२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

त्रिवेणी इन्टरनेशनल कलेजमा सफल व्यवसायी र विद्यार्थीवित्र अन्तरक्रिया

पोखरा ।
त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले सफल व्यवसायी र विद्यार्थीहरुका विच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सफल व्यवसायी नारायण प्रसाद पौडेलले विदेशमा सिप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताउनु भयो ।

उहाँले जापानको लामो बसाईपछि नेपालमै केही गरौ भन्ने उदेश्ले फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गर्नु भयो । उहाँले नेपालमै उद्यमशिलताको संभावना रहेको स्पष्ट पार्दै, त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताउनु भयो । उहाँले नयाँ योजनाका साथ आउने बिद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । सवै व्यवसायी एकै चोटी सफल नहुने उल्लेख गर्दै व्यवसायी पौडेलले स—सानो लगानीबाट व्यवसायी शुरु गर्न आग्रह गर्नु भयो । पौडेलको मणिपाल शिक्षण अस्पताल, प्रतिभा मा.वि र अटोवेजमा संलग्नता रहेको छ ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष एवं व्यवसायी छत्रधर आत्रेयले सानो पूँजिबाट शुरु गरेका व्यबसायी सफल भएको बताउँदै, लगानीमा योजना आवश्यक रहेको बताउनु भयो ।कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजले विद्यार्थीहरुलाई विभिन्न समयमा फरक क्षेत्रमा सफल व्यक्तिको अनुभव शेयरिङ गर्दै आएको बताउनु भयो । अध्यक्ष भट्टराईले विद्यार्थीलाई एकेडेमिक कोर्ष बाहेक सफल व्यवसायीको अनुभवले अध्ययनमा थप सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा कलेजका निर्देशक बलराम ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले बोल्नु भएको थियो । त्यस अवसरमा विद्यार्थीले व्यवसाय र सफलताका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

कलेजले पछिल्लो समय विभिन्न पेशा तथा व्यवसायमा सफल व्यक्ति र विद्यार्थीका विच अन्तरक्रिया गर्दै आएको छ । कलेजमा व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तर्फ झण्डै ६ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।