२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

वडा नं. २६ मा उद्घोषण र समूह व्यवस्थापन तालिम

लेखनाथ । 
पोखरा महानगरपालिका वडा नंं २६ ले महिला तथा आमा समूहका लागि उद्घोषण र समूह व्यवस्थापन तालिम सोमबार देखी शुरु गरेको छ ।तालिम शुभारंभ गर्दै, पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरु प्रभावकारी हुँदै आएको बताउनु भयो ।

वडा अध्यक्ष थापाले महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि बार्षिक कार्ययोजना बनाई तालिम संचालन गर्दै आएको उल्लेख गर्नु भयो ।तालिमले महिलाहरुलाई आत्मविश्वासी र दृढ बनाएको बताउँदै, अध्यक्ष थापाले समूह र टोलबाट नयाँ नेतृत्व उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अनुशासन र समय व्यवस्थापनमा महिलाहरु अब्बल हुने भएकाले तालिमको सिकाई प्रभावकारी हुन् अपेक्षा गर्नु भयो । मसिना कुराहरुको ज्ञान नहुँदा समूहलाई व्यवस्थापन गर्न कठिनाई भएको उल्लेख गर्दै अध्यक्ष थापाले तालिम पछि महिलाले नेतृत्व गरेका समूह सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।

वडा सदस्य लक्ष्मीदेवी भट्टराईले क्षमता भएकाहरुको भूमिका समाजमा फरक हुने भएकाले सहभागीलाई तालिमले थप शक्तिकरण गर्ने बताउनु भयो ।वडा सदस्य सुजता बराल सुनारले क्षमता अभिबृद्धि र उद्यमशिलताका तालिमहरुले महिलाहरुलाई शसक्तीकरण र उत्पादनमा जोड्न सकिने बताउने भयो ।कार्यक्रममा पोखरा महानगरपालिका वडा न.ं २६ का सूचना अधिकारी नवराज सापकोटाले व्यक्तित्व विकास र अन्तरनिहित दक्षतालाई प्रस्फुटन गर्न तालिम सहयोगी हुने उल्लेख गर्नु भयो ।

प्रशिक्षक घनश्याम पाण्डेले ज्ञान हुँदा हुँदै पनि अभिव्यक्तिको माध्यम र विधि जानकारी नहुँदा महिलाहरु नेतृत्वदायी भूमिकामा देखिन समस्या भएको बताउनु भयो ।
वडा सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम शुभारंभ कार्यक्रमको संचालन वडा नं. २६ का कर्मचारी इन्दिरा रेग्मीले गर्नु भएको थियो । एक सातासम्म संचालन हुने तालिममा एक सय २० जनाको सहभागिता रहेको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।