२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

नेपाल पत्रकार महासंघ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन सत्रमा बोल्दा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपूर्ण बन्न मदत गर्ने बताए ।

उनले पत्रकारको कर्मलाई समाजले निग्रनी गरिरहेको हुने बताउदै आफ्नो कर्ममा निश्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । सहभागीको तर्फबाट बोल्दै संचारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्यायले तालिम छोटो समयको भएता पनि प्रभावकारी भएको बताए ।

आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह सचिव मधु अधिकारीले गरेका थिए ।  तीन दिन सम्म संचालन भएको तालिममा विभिन्न संचारमाध्यममा आवद्ध ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।