२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

एमाले कास्कीले तीन कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

पोखरा ।
पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले मंगलबार प्रवर्चन एवं सम्मान कार्यक्रम गर्ने भएको छ । नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा बिहान ११ः३० बजेपछि प्रवर्चन र सम्मान कार्यक्रम हुने पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवर्चन कार्यक्रम, तीन जना कम्युनिष्ट योद्धालाई सम्मान र नवनिर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई बधाई एवं सम्मान समारोह गरिने उनले बताए ।

कास्कीका तीन संघीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी एक÷एक जनालाई सम्मान गरिनेछ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट रुपा गाउँपालिका–७ का पुष्पकमल सुवेदी, क्षेत्र नम्बर २ बाट पोखरा–११ का डा. टुबराज बाँस्तोला र क्षेत्र नम्बर ३ बाट पोखरा–१९ का मिनराज पौडेललाई सम्मान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।