२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

पोखरामा अर्घाखाँची समाजबीच शुभकामना साटासाट

रोहित बस्नेत
बैशाख १ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान सहित समाजले प्रकाशन गरेको भित्तेपात्रो समेत सार्वजनिक गरेको छ । भित्तेपात्रोमा अर्घाखाँची जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटन स्थलहरू अंकित रहेका छन्। यसले जिल्लाको सांस्कृतिक पहिचान, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक टोपबहादुर खनालले लामो समयदेखि पोखरामा सक्रिय रहेको समाजले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। उपरीक्षक खनालले पहिलाको तुलनामा अर्घाखाँची जिल्लाको विकासमा केही कमी देखिए पनि वर्तमान युवा पुस्ताको सरकारले देश परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा समाजका अध्यक्ष राम प्रसाद पौडेलले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गर्नुभयो । उहाँले समाजमा सकारात्मक सोच, सहकार्य र भाइचाराको आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार अर्घाखाँची जिल्लाबाट पोखरामा आई विभिन्न पेसा व्यवसायमा संलग्न भई बसोबास गरिरहेका व्यक्तिहरूको सक्रियतामा समाज गठन भई विगतदेखि नै मानवीय सेवाका कार्यहरू सञ्चालन हुँदै आएका छन् ।

कार्यक्रममा विशेष अतिथि पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डाक्टर पीताम्बर पौडेल, हाल हङकङ निवासी समाजका शुभचिन्तक कृष्णप्रसाद पाण्डे तथा समाजका निबर्तमान अध्यक्ष दधिराम खनाल, पूर्ब अध्यक्ष एवंम सल्लाहकारहरु ओम प्रकाश पाण्डे, ज्ञानहरि आचार्य, गुणानिधि पाण्डे, कृष्ण प्रसाद पाण्डे, चेतनारायण पाण्डे क्यालेन्डर प्रकाशन उपसमिति संयोजक नमराज पाण्डे लगायतले बोल्नु भएको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले स्वागत मन्तव्यका क्रममा सम्पूर्ण समाजलाई नयाँ बर्षले थप प्रेरणा र उत्साह प्रदान गरोस भन्दै स्वागत गर्नुभएको थियो ।

समाजका महासचिव कृष्ण रानाभाटले कार्यक्रमलाई कुशलतापूर्वक सञ्चालन गर्दै सम्पूर्ण उपस्थित भएका समाजका पदाधिकारी सदस्य तथा आजिवन सदस्यको परिचय सँगै कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा समाजका आजीवन सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।