२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

नयाँ बर्षलाई स्वागत गर्न वेगनासमा ‘फिस फेष्टिवल’

लेखनाथ । 

नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले वेगनासताल किनारमा फिस फेष्टिवलको आयोजना गर्ने भएको छ ।नयाँ बर्षलाई सदैव उत्साह पुर्वक मनाउनका लागि चैत्र ३० गते सोमवार एकदिने कार्यक्रमका साथ माछा महोत्सव गर्न लागेको सस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिएका छन् ।

वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेस्यले माछा महोत्सव गर्न लागिएको हो । सोमवार दिउसो २ ः०० बाट औपचारीक कार्यक्रम सुरु गरि विविध सास्कृतीक कार्यक्रम सहित राती १२ः०० वजे नयाँ साललाई स्वागत गर्ने कार्यक्रम तय गरिएको सस्थाकी महासचिव शक्ति श्री कोईरालाले जानकारी दिएकी छन् ।

माछा महोत्सवको नाम दिएर आयोजना गरिएको कार्यक्रममा बेगनास,रुपा लगाएत लेखनाथमा भएका अन्य तालबाट पनि माछा ल्याएर विक्रि वितरणको ब्यवस्था मिलाईने छ भने माछामा परिकारको बिक्रि तथा प्रवर्धन समेत गरिने होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष विरभद्र कडेलले जानकारी दिए ।

नेपाली नव बर्ष २०८३ लाई स्वागत गर्न चर्चित गायिका रचना रिमाल वेगनासतालमा आउने छिन। त्यस्तै पोखरेली ब्याण्ड, माया गुरुङ, बालचन्द्र बराल लगायत स्थानिय कलाकारको प्रस्तुती सहित भजन कृतन र नृत्य समेत रहने बताएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।