२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

आलु महोत्सवमा बढ्दो सहभागिता 

पोखरा।राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु  महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।
शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।
शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ ।त्यहाँ आलुको कारोवारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोवार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो।
 
महोत्सवमा पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामाग्रीका स्टलहरु देख्न पाइन्छ।
आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका विऊ विजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भारतीले बताउनुभयो ।त्यहाँ निर्देशनालयले २५ प्रजातिका आलु तथा ३७ प्रकारका अन्य तयारीका विऊ प्रदर्शनीमा राखेको छ।महोत्सव अन्तर्गत शनिबार कलाकारहरु शान्तारानी परियार, अनिल चापागाई, करिष्मा विसी, पूजा तामाङ, नेत्र खङ्का, परशुराम अधिकारी, सुनिल गायक, आयुषा खत्री तथा मुना अर्यालले प्रस्तुति राख्नुभयो ।
 
त्यस्तै महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री लगायतले दर्शकलाई मनोरञ्जन दिनुहुने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिनुभयो।महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्।
 
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्।महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारीक स्टल रहेका छन् ।त्यहाँ प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुने गरेको छ।
 
 
 
 
 
 
 
 
 
 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।