२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

रश्मिको उम्मेदवारी समृद्धिको महत्वपूर्ण  छलाङ – पोखरा नौ का मतदाता

पोखरा । 
पोखरा महानगरपालिका वडा न ९ का मतदाताले रश्मि आचार्यको उम्मेदवारी नेपाली राजनीतिमा  महत्वपूर्ण छलाङ भएको प्रतिक्रिया दिएका छ्न। उनीहरुले राष्ट्रको बिकास र नीति निर्माणमा प्रभाबकारी अगुवाई गर्न सक्ने मात्रै नभएर समग्र देशलाई मार्ग निर्देश गर्न सक्ने क्षमता र  नेतृत्व  सहितको उम्मेदवार प्राप्त गरेको भन्दै  खुशी ब्यक्त गरेका छ्न।

आशन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र  न २ बाट ने क पा ( एमाले ) का उम्मेदवार रश्मि आचार्यले सो क्षेत्रको पोखरा महानगर पालिका वडा न ९का जनतासंग   पुगेर आगामी कामका सम्बन्धमा सुझाव लिने क्रममा सो प्रतिक्रिया दिएका हुन।  देशलाई हाक्ने संभावना बोकेको युबा उम्मेदवार   आचार्य भएको भन्दै  आफुहरूको रोजाइ  मा रहने उल्लेख गरे।

सो क्रममा स्थानीय मतदाताहरूले उक्त वडामा आबश्यक कामका सन्दर्भमा उम्मेदवार आचार्यलाई सुझाव प्रदान गरेका छन।सो अबशरमा उम्मेदवार आचार्यले देशमा निति निर्माणका सबाल र  जनताका समस्या संग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने बिषय सधैं साथमा रहेको उल्लेख गरे।

आम श्रमजीवी जनताको पक्षमा अनवरत वकालत र सुदृढीकरणमा बाल्यकाल देखि लागेको स्मरण गर्दै उनले जनमुखी  बिकास र समृद्धि मात्रै  आफ्नो स्वार्थ भएको उल्लेख गरे।बुधबार   पोखरा महानगर वडा न १६,८ र ९ का निर्बाचन परिचालन कमिटीका कार्यालयहरू समेत शुरूवात गरिएको  छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।